१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

नगर प्रहरीले ग्राहकको मोटरसाइकल रोक्दा ह्विल लक गरेको विषयमा व्यवसायीहरूकोल विरोध

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ १९, २०८२

नगर प्रहरीले ग्राहकको मोटरसाइकल रोक्दा ह्विल लक गरेको विषयमा व्यवसायीहरूकोल विरोध

काठमाडौं । पार्किङको समस्या समाधान नभएको भन्दै व्यवसायीहरूले विरोध स्वरुप पसल बन्द गरेका हुन्। काठमाडौँका न्यूरोडको ताम्राकार हाउस क्षेत्रमा व्यवसायीहरूले सटर बन्द गरेका छन् । नगर प्रहरी बलले ग्राहकहरूलाई एक छिन मोटरसाइकल रोक्दा पनि ह्विल लक गरेको भन्दै नगर प्रहरीसँगको विवाद पछि व्यवसायीहरूले सटर डाउन गरेका हुन् ।

‘एक छिन पनि ग्राहकलाई उभिन नदिने गरी नगर प्रहरीले ज्यादती गरेपछि हामी व्यवसायीहरू नै मिलेर पसलहरू बन्द गरेका हौँ । पार्किङ नदिँदा समस्या भइरहेको विषय सुनुवाइ नभएपछि शान्तिपूर्ण विरोध गरेका हौँ,’ ताम्राकार हाउसका एक व्यवसायी भन्छन् ।

उनका अनुसार न्यूरोडको पाको क्षेत्र र आसपासका क्षेत्र पसल बन्द गरिएको छ । त्यस क्षेत्रका नगर प्रहरी निरीक्षक किशोरकुमार भट्टराई भने नो पार्किङमा बाइक राखेपछि केहीबेर विवाद भएको बताउँछन् ।

‘पसल बन्द किन गरे त थाहा भएन तर नगर प्रहरीले नो पार्किङमा बाइक राखेकोलाई लक गरेपछि केही बेर विवाद भएको थियो । यसलाई हामीले सामान्य रूपमा लिएका छौँ,’ भट्टराईले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!