२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरि हस्ताक्षर संकलन अभियान दाङको विभिन्न स्थानहरुमा जारी

Logo
सागर रोका प्रकाशित बिहिबार, आषाढ १९, २०८२

दाङ।घोराही,नारायणपुर,दुधरास,विजौरी,तुलसीपुरमा पनि हस्ताक्षर अभियान चलाइएको छ ।

रास्वपाका सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोध साधेको विरोधमा जनमत निर्माण गर्ने उद्देश्यले नेपालकै (७७) वटै जिल्लामा हस्ताक्षर अभियान चलाएको छ।

यस्तै गरेर वुधबारका दिन राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय (सदस्य) तथा प्रदेश सभापति देबराज पाठक र जिल्ला सभापति बिनय घिमिरे लगाएतले दाङको घोराही,नारायणपुर,दुधरास,बिजौरी,तुलसीपुर लगाएत अन्य ठाउ-ठाउँमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने हरेक ब्याक्तीहरुलाई सदस्य वितरण गरेका थिए ।

भने बिहिवारका दिन २ बजेसम्म १२०० सय भन्दा वढिले हस्ताक्षर गरेको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडा सभापति शिवराज खत्रीले जानकारी दिनुभएको छ ।

स्थानीय,सर्वसाधारण नागरिकको उल्लेखीय समर्थन देखिएको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का रास्वपा जिल्ला सदस्य रविन्द्र के.सीले जानकारी दिनु भएको छ ।

देशव्यापी तथा विदेशमा सञ्चालन भइरहेको यस अभियान मार्फत रास्वपाले न्याय, समानता र सत्ता दुरुपयोग विरुद्धमा जनचेतनाका लागी हस्ताक्षर अभियान चलाएको छ ।

त्यस्तै गरेर तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित दुधरास मा २१ र २२ गतेका दिन रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रबि लामिछाने माथी भएको न्याय, समानता र सत्ता दुरुपयोग विरुद्धमा जनचेतनाका लागी हस्ताक्षर अभियान कार्यक्रम राखिएको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का रास्वपा जिल्ला सदस्य रविन्द्र के.सीले जानकारी दिनु भएको छ ।

दाङको राजपुर गाउँपालिकाको वडा नं. १ देखी ७ सम्मको देउखुरी नाका क्षेत्रमा पनि रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान अगाडी बढाउने रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय (सदस्य) तथा प्रदेश सभापति देबराज पाठकले जानकारी दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!