१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरि हस्ताक्षर संकलन अभियान दाङको विभिन्न स्थानहरुमा जारी

Logo
सागर रोका प्रकाशित बिहिबार, आषाढ १९, २०८२

दाङ।घोराही,नारायणपुर,दुधरास,विजौरी,तुलसीपुरमा पनि हस्ताक्षर अभियान चलाइएको छ ।

रास्वपाका सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोध साधेको विरोधमा जनमत निर्माण गर्ने उद्देश्यले नेपालकै (७७) वटै जिल्लामा हस्ताक्षर अभियान चलाएको छ।

यस्तै गरेर वुधबारका दिन राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय (सदस्य) तथा प्रदेश सभापति देबराज पाठक र जिल्ला सभापति बिनय घिमिरे लगाएतले दाङको घोराही,नारायणपुर,दुधरास,बिजौरी,तुलसीपुर लगाएत अन्य ठाउ-ठाउँमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने हरेक ब्याक्तीहरुलाई सदस्य वितरण गरेका थिए ।

भने बिहिवारका दिन २ बजेसम्म १२०० सय भन्दा वढिले हस्ताक्षर गरेको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडा सभापति शिवराज खत्रीले जानकारी दिनुभएको छ ।

स्थानीय,सर्वसाधारण नागरिकको उल्लेखीय समर्थन देखिएको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का रास्वपा जिल्ला सदस्य रविन्द्र के.सीले जानकारी दिनु भएको छ ।

देशव्यापी तथा विदेशमा सञ्चालन भइरहेको यस अभियान मार्फत रास्वपाले न्याय, समानता र सत्ता दुरुपयोग विरुद्धमा जनचेतनाका लागी हस्ताक्षर अभियान चलाएको छ ।

त्यस्तै गरेर तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित दुधरास मा २१ र २२ गतेका दिन रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रबि लामिछाने माथी भएको न्याय, समानता र सत्ता दुरुपयोग विरुद्धमा जनचेतनाका लागी हस्ताक्षर अभियान कार्यक्रम राखिएको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का रास्वपा जिल्ला सदस्य रविन्द्र के.सीले जानकारी दिनु भएको छ ।

दाङको राजपुर गाउँपालिकाको वडा नं. १ देखी ७ सम्मको देउखुरी नाका क्षेत्रमा पनि रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान अगाडी बढाउने रास्वपा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय (सदस्य) तथा प्रदेश सभापति देबराज पाठकले जानकारी दिनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!