२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

धनुषामा सशस्त्र प्रहरी र तस्करीबीच भिडन्त ६ जना सशस्त्र प्रहरी घाइते १३ सेल अश्रुग्यास प्रहार,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ २०, २०८२

 

धनुषा । बिहीबार साँझ ७ बजेतिर तस्करीको समान भित्र्याएर आँप बगैचामा राखेको भन्ने सूचनाका आधारमा सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । सशस्त्र प्रहरी पुगेलगत्तै तस्करहरूको समूहले भाटा र ढुङ्गामुढासहित प्रहरीमाथि आक्रमण गरेको धनुषाका सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्काले बताए ।

भिडन्तका क्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएको र घाइते सशस्त्र प्रहरीहरूको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा चार राउन्ड हवाई फायर र १३ सेल अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।ब

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!