दाङ । विजौरी बजारमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै पसल अगाडी आफै सरसफाई गर्नुहोला भन्दै माइकिङ समेत गरिएको थियो।
भने उक्त सरसफाईमा तुलसीपुर उपमहानगर पालिका वडा नम्बर-१९ का वडाध्यक्ष प्रेमनाथ योगीले वर्षायाम सुरु भएकोले सचेत रहन आग्रह गर्नु भएको थियो ।
यो समयमा अत्याधिक रुपमा डेंगु रोग लाग्ने भएकाले आ-आफ्नो पसलको वरिपरि तथा घरअगाडी सफा वनाउन समेत आग्रह गर्नुभएको थियो । त्यस्तै गरेर हेमन्तपुर प्रहरी चौकीका ईन्चार्ज सैई भरत वली लगाएत टोल सुधार समिति,मिलिजुली टोल विकास समिति,माल विजौरी, व्यावसायी लगाएतको टोली सहभागी रहेको थियो ।
भने आजभोलि बजारमा अत्याधिक फोहर भएकोले र वर्षायाम पनि आएकोले वर्षायामको समयमा लाग्ने रोगबाट बच्नका लागि यो सचेतनामूलक सरसफाई कार्यक्रम अभियान चलाएको नेपाल रेडक्रस सोसाइटी विजौरी उपशाखा का सचिव मुकेश वलीले जानकारी दिनु भएको थियोे ।