१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

मन्त्रालयबाट हराएको स्कारपियाे गाडी पत्राचार गरको एक दिनमै भेटियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ २०, २०८२

 

काठमाडौं । रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट हराएको महिन्द्रा स्कार्पियो एस फोर–प्रदेश ३–०१–००२ झ ५३६७ नम्बरको गाडी मन्त्रालयले गाडी खोज्न गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै भेटिएको हो ।

गृह मन्त्रालयलाई पत्राचार गरेको एक दिनमा नै गाडि भेटिए पनि तर, के कसरी हराएको हो र कहाँ भेटियो भन्ने जानकारी आफुलाई नभएको श्रम मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव डण्डुराज घिमिरेले नेपाल प्रेसलाई जानकारी दिए ।

श्रम मन्त्रालयले हराइरहेको उक्त गाडी खोजी गरिदिनका लागि गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो ।

गृह मन्त्रालयले असार १५ गते पत्राचार गरेकोमा त्यसको एक दिनमा नै गाडी भेटिएको जानकारी आफुलाई आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरीक्षक ‍‍‌(एसपी) दिपक गिरीले नेपाल प्रेससँग बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!