१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

जसपा नेपालका अध्यक्ष अशोक यादवलाई पक्राउ गर्न सर्लाहीमा १ हजारभन्दा बढी प्रहरी तैनाथ

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २१, २०८२

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले नेता यादवलाई पक्राउ गर्न सर्लाही जिल्ला अदालतबाट शुक्रबार दिउँसो पक्राउ पुर्जी जारी भएपछि पक्राउ गर्न सर्लाही प्रहरीले जिल्लाका सम्पूर्ण युनिटलाई पूर्ण तयारी अवस्थामा राखेको छ। जिल्लामा रहेका सम्पूर्ण प्रहरी युनिटलाई निगरानी गर्न तथा जहाँ देखिए पनि तत्काल पक्राउ गर्न निर्देशन दिइसकिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डिएसपी सरोज राईले जानकारी गराएका छन्।

प्रहरीले नेता यादवको मोबाइलको ट्रेकिङ गरिरहेको तथा केन्द्रसित मोबाइलको लोकेसन पत्ता लगाउने काममा समन्वय भइरहेको डिएसपी राईले जानकारी गराएका छन्।

जिल्लाको विभिन्न युनिटबाट प्रहरी ल्याएर जिल्ला प्रहरी कार्यालयमा पूर्ण तयारी अवस्थामा रहेको र प्रहरीले सबैतिर निगरानी बढाएको बताउँदै डिएसपी राईले नेता यादवलाई पक्राउ गर्ने जानकारी गराए।

नेता यादव र सर्लाही प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्काबिच बिहीबार राति गालीगलौज भएको अडियो सार्वजनिक भइसकेको छ। गालीगलौजको घटनापछि बिहीबार राति नेता यादवलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार भएको थियो। नेता यादवका मानिसहरूले प्रहरीको गाडीमाथि आक्रमण गरी तोडफोड गरेको, प्रहरीको काम कारबाहीमा अवरोध सिर्जना गरेको र सार्वजनिक बाटो रोकेको आरोप प्रहरीले यादवमाथि लगाएको छ।

सरकारी गाडी, सम्पत्ति तोडफोड गरेको र सरकारी कामकाजमा बाटो रोकेर बाधा व्यवधान सिर्जना गरेको आरोप नेता यादवमाथि रहेको छ। प्रहरी प्रतिवेदनको आधारमा पक्राउ पुर्जी जारी भएको भएको बताएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!