२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी गराउन ल्याइएकी महिलाको मृत्यु भएपछि आफन्तहरू आन्दोलित,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २१, २०८२

दाङ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षीया गुड्डी सुनारलाई शुक्रबार बिहान ४ बजे सुत्केरी गराउन प्रतिष्ठानमा ल्याइएको थियो ।

बिहान १० बजेसम्म सामान्य रूपमा डेलिभरी हुने भनिए पनि त्यसो नहुँदा करिब १२ बजे अपरेशनमार्फत शिशुको जन्म गराइएको थियो । तर केही समयमै सुनारको मृत्यु भएपछि उनका आफन्तहरू आक्रोशित बनेका हुन् ।

मृतकका आफन्तहरूले चिकित्सकको लापरवाहीका कारण घटनाको जटिलता बढेको भन्दै अस्पताल परिसरमै प्रदर्शन गरेका छन् । उनीहरूले अपरेशन वार्डमा प्रवेश गरी केही चिकित्सकमाथि हातपातसमेत गरेको अस्पताल प्रशासनले जनाएको छ ।

मृतकका ससुरा महाबीर सुनारले आफ्नो माईली बुहारीको मृत्यु चिकित्सकीय लापरवाहीकै कारण भएको दाबी गर्दै दोषीमाथि कारबाही र क्षतिपूर्ति नपाएसम्म शव नउठाउने अडान राखेका छन् । साथै, नवजात शिशुको उचित उपचारको माग पनि गरेका छन् ।

यस विषयमा प्रतिष्ठानका निर्देशक डा. जनार्दन पन्थीले सुत्केरीको मृत्युबारे आवश्यक जानकारी सङ्कलनको प्रक्रिया चलिरहेको जानकारी दिए । उनले सुत्केरीको स्वास्थ्य अवस्था, उपचारका क्रममा अपनाइएका विधि र प्रकृयाका आधारमा वस्तुगत यथार्थ सार्वजनिक गरिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]