२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मुख्यमन्त्री शाहलाई देउवाको सुझाव, रिक्त मन्त्रालयमा नाउपालाई नै नियुक्त गर्न छलफल,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, आषाढ २१, २०८२

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । उन्मुक्ति पार्टीले समर्थन फिर्ता गरेको एक दिनपछि शनिवार बुढानीलकण्ठस्थित निवास पुगेर उनले सभापति देउवासँग भेट गरेका हुन् ।

मुख्यमन्त्री शाहका प्रेस संयोजक डम्मर बमले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको प्रतिक्रिया दिएका छन् । बिहीबार मुख्यमन्त्री शाहले नाउपाको तर्फबाट उद्योग पर्यटन वन तथा वातावरण मन्त्री भएका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै नाउपाले सङ्घ र प्रदेशमा आफ्नो समर्थन फिर्ता लिने घोषणा गरेको थियो ।

सुदूरपश्चिम प्रदेशमा शुक्रवार समर्थन फिर्ता लिएको नाउपाले सङ्घमा फिर्ता लिन भोलि बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरेको छ । सभापति देउवालाई मुख्यमन्त्री शाहले मन्त्रीलाई पदमुक्त गर्नुको कारणसहित पछिल्लो घटनाक्रमबारे जानकारी गराएका थिए ।

सभापति देउवाले मुख्यमन्त्री शाहलाई देखिएका समस्याहरू वार्ता र संवाद मार्फत हल गर्न सुझाव दिएका थिए । नाउपासँग संवाद गरेर रिक्त रहेको मन्त्रालयमा नाउपाबाटै मन्त्री बनाउनेगरि अघि बढ्न मुख्यमन्त्री शाहलाई सभापति देउवाले सुझाव दिएका थिए ।

सुदूरपश्चिम प्रदेशमा नाउपाका ७ सांसद छन् । नाउपाले समर्थन फिर्ता लिँदैमा मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने वा सरकार ढल्ने अवस्था छैन । तर, नाउपालाई साथमै लिएर अघि बढ्न सभापति देउवाले मुख्यमन्त्रीलाई सुझाव दिएको निकट स्रोतको भनाइ छ । मुख्यमन्त्री शाहले नाउपासँग छलफल गरेर अगाडी बढ्ने सभापति देउवालाई बताएका थिए ।

आज बिहान सभापति भेट्न मुख्यमन्त्री शाह काठमाडौँ पुगेका थिए । भेटमा सरकारको गतिविधि र बजेट पारित लगायतका विषयमा पनि कुरा भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!