बर्दिया । गुलरियामा रहेको जिल्ला कारागारका कैदीको विस्तारामुनिबाट ५ ग्राम गाँजा फेला परेको बताइएको छ । बर्दिया कारागारको क्षमताअनुसार १ सय २५ जना पुरुष बस्ने भएपनि हाल ३ सय ७५ जना कैदी र थुनुवा रहेका छन्। तीमध्ये कैदी ३ सय १४ र थुनुवा ६१ जना रहेका छन्। महिला कैदीका लागि छुट्टै त्यसै ठाउँमा कारागार रहेको छ। महिला कैदी २८ र थुनुवा २० गरी ४८ जना रहेका छन्।
कर्तव्य ज्यान मुद्दामा सजाय भोग्दै आएका सोहन ढकालको विस्तारमुनिबाट शनिवार विहान ११ वजेतिर ५ ग्राम गाँजा फेला परेको कारागार प्रमुख मान बहादुर सारुले बताए ।
उहाका अनुसार प्रहरीको कडा निगरानी विच कारागार भित्र गाँजा कसरी कैदीको विस्तारासम्म पुगेको हो अनुसन्धान सुरु गरिएको बताउनु भयो ।प्रहरीको विधिविज्ञान प्रयोगशाला काठमाडौँमा बरामद गरिएको गाँजा अनुसन्धानका लागि पठाउने भएको छ ।