२९ भाद्र २०८३, सोमबार
14-09-2026 , Mon
×

नेपालगन्जमा मोहर्रमको सुरक्षामा खटिए बाँकेका प्रहरी प्रमुख एसपी रामप्रसाद घर्तीमगर

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २१, २०८२

बाँके । नेपालगञ्जको विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्था बारे जानकारी लिने गरेका छन् । इस्लाम धर्मावलम्वीले दश दिनसम्म मनाउने मोहर्रम पर्वलाई लक्षित गरि उनी रातको समयमा नेपालगञ्जका विभिन्न भागमा पुगेर सुरक्षा ब्यवस्थाको जानकारी लिने गरेका हुन् ।

इस्लाम धर्मावलम्वीले मोहर्रमको अवसरमा रातको समयमा इस्लाम धर्मका प्रवर्तक हजरत इमाम हुसैनको नाममा जुलुसहरू निस्कने गरेका छन् । ‘मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन सुरक्षाकर्मी परिचालन भएका छन् । ति सुरक्षाकर्मीले सुरक्षा ब्यवस्था कसरी मिलाएका छन् ? र थप सशक्त बनाउन रातको समयमा आफै खटिएको छु,’ एसपी घर्तीमगरले भने ।

आइतबार दिउँसो अन्तिम जुलुसका साथ समापन हुने सो पर्वलाई शान्तिपूर्वक सम्पन्न गराउन नेपालगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । उनले मोहर्मलाई लक्षित गरि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको बताए । ‘रातको समयमा अवाञ्छित गतिविधि नहोस भन्ने उद्देश्यले करिव चार सय सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेबाट ठूलो संख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको बाँकेका प्रहरी प्रमुख एसपी घर्तीमगरले जानकारी दिए ।

एसपी घर्तीमगरसँगै सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनाल पनि रातको समयमा नेपालगञ्जमा खटिने गरेका छन् । नेपालगञ्जमा परिचालन भएका सशस्त्र प्रहरीहरुले सुरक्षा ब्यवस्था कसरी मिलाइरहेका छन् भन्ने जानकारी लिन रातको समयमा समेत नगरमा खटिदै आएको छु,’ उनले भने ।

मुस्लिम धर्मावलम्बीको महान पर्व मोहर्रमको आज आठौं दिन पनि ऐतिहासिक जुलुस निस्कने भएका छन् । नगरका विभिन्न स्थानबाट जुलुश निस्केर नगरको परिक्रमा गरिने भएको छ ।

अवाञ्छित गतिविधि हुन नदिन वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक अरुण बम पनि दिन–रात खटिँदै आएका छन् । उनले भने, ‘मोहर्रमलाई ब्यवस्थित बनाउने हाम्रो दायित्व भएकोले दिनरात नभनी खटिएका छौँ,’ उनले भने ।

मोहर्रमलाई सभ्य र भब्य बनाउन सक्दो सहयोग गरिरहेको धम्बोजी मोहर्रम समितिका अध्यक्ष मेराज अहमद हल्वाई (हिमालय) ले जानकारी दिए । उनले भने, ‘आपसी भाइचार, प्रेम र सद्भावले नेपालगञ्जलाई सद्भावको सहरको रुपमा चिनाउने गरेको छ । अन्य पर्व जस्तै मोहर्रमलाई पनि सभ्य, भब्य र ब्यवस्थित बनाउन हाम्रो पूर्ण साथ र सहयोग रहने छ ।’

मोहर्रमलाई ब्यवस्थित, मर्यादित र शान्त बनाउन बाँकेका प्रहरी प्रमुख एसपी घर्तीमगर र सशस्त्र प्रहरीका एसपी शोभाकान्त खनाल फिल्डमा खटिएको बताउँदै उनले उक्त कार्यको प्रशंसा गरे । ‘शुक्रबार राती भएको जुलुस कार्यक्रममा एसपी घर्तीमगर आफै खटिएर सुरक्षा ब्यवस्था मिलाउनु भयो । यो एकदमै सकारात्मक पक्ष हो,’ उनले भने ।

मोहर्रमलाई ब्यवस्थित बनाउने विषयमा बाँकेका विभिन्न धर्मका अगुवाहरुले प्रतिवद्धता जनाएका छन् । विभिन्न धर्मका अगुवाले मोहर्रम पर्वलाई सभ्य र भब्य बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

मोहर्रम पर्बका अवसरमा नेपालगञ्जमा ड्रोन क्यामेरा मार्फत निगरानी भइरहेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले जानकारी दिए । उनले नेपालगञ्जमा भइरहेका हरेक गतिविधिको ड्रोन क्यामेरा मार्फत प्रहरीले निरीक्षण गरिरहेको बताए । ‘सम्वेदनशिल क्षेत्रको पहिचान गरि सुरक्षाकर्मी परिचालन गरिएको छ नै प्रहरीले ड्रोन क्यामेरा मार्फत निगरानी गरिरहेको छ,’ उनले भने, ‘कुनै गलत क्रियाकलाप भएको पाइए तत्काल नियन्त्रणमा लिएर कारवाहीको दायरामा ल्याउँछौँ ।’

इस्लामिक नयाँ वर्ष हिजरी संवतको १ देखि १० तारिखसम्म मोहर्रम मनाउने गरिन्छ । ‘मोहर्रमका अवसरमा इस्लाम धर्मावलम्वीले ९ तारीखका दिन ताजिया स्थापना गरिन्छ । ‘स्थापना गरिएका ताजियाको समेत ड्रोन क्यामेराले निगरानी गरिने छ,’ उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]

दाङ । घोराही उपमहानगरपालिका–१४ मिलनचोकमा ‘द प्लान्ट प्लान्ट्री’ तथा नुमा बारिष्टा एकेडेमी एन्ड क्याफे सञ्चालनमा आएको छ। स्थानीयस्तरमै कफी, खाजा तथा घर तथा कोठा सजावटका सामग्री उपलब्ध गराउने उद्देश्यसहित नयाँ व्यवसाय सञ्चालनमा ल्याइएको हो। एकेडेमीको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनको विशेष उपस्थितिमा गरिएको हो। उद्घाटनका क्रममा प्रियासनले […]

काठमाडौं । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो । सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका रूपमा सवारीसाधन सञ्चालन गरिएको हो । सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ । सडकको ग्राभेलिङ र कम्प्याक्सनको काम भने अझै बाँकी छ । बाटो पूर्णरुपमा सञ्चालनमा आउन केही दिने लाग्नेछ। […]