०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी मृत्यु घटनाको छानबिन गर्ने सहमतिपछि बिबाद मिल्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २१, २०८२

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न बिवाद मिलेको छ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि प्रतिष्ठानमा ल्याइएकोमा बिरामीको अबस्था जटिल भएका कारण सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो।
मृत्युको बारेमा सत्य तथ्य छानबिन गर्ने सहमतिपछि बिबाद मिलेको हो । पिडित परिवारको सहभागितासहितको प्रतिष्ठानका सह- निर्देशक डा. सुरेश रसाईलिको नेतृत्वमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति बनाउने अस्पताल प्रशासन र पिडित परिवार बिच निर्णय भएको छ । यसैगरेर दुबै पक्ष बिच शल्यकृया मार्फत जन्म भएको बच्चा १८ बर्षसम्म नपुग्दासम्म प्रतिष्ठानबाट प्रबाह हुने सबै सेवा निशुल्क गर्ने, अस्पतालको सेवामा अबरोध नगर्ने, उपचारमा संलग्न चिकित्सकमाथी हातपात नगर्ने सहमति भएको छ । त्यस्तै दुबै पक्ष बिच चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मि, नर्शहरुले स्वेच्छिकरुपमा सहयोग गर्न चाहने सबैले पिडितको नाममा ५० हजारको अक्षयकोष स्थापना गर्ने निर्णय पनि भएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछाने, शिक्षाध्यक्ष प्राडा बसन्त लामीछाने, अस्पतालका निमित्त निर्देशक प्राडा जनार्दन पन्थि, सह निर्देशक डा.सुरेश रसाइलि, घोराही १८ का वडा अध्यक्ष भरत अर्याल र पिडित बिरामी परिवार बिच शुक्रबार र शनिबार दिनभरिको सामुहिक छलफलबाट निष्कर्ष निकालिएको हो ।
बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेर दुर्ब्यबहार गरेको घटनामा चिकित्सकले छलफलमा बिरोध जनाएका थिए ।
बिरामिका आफन्तले अस्पतालको ‘अपरेशन वार्ड’मा प्रवेश गरी केही चिकित्सक माथि हातपात गरेपछि चिकित्सकले असन्तुष्टि जनाएका छन ।

सुत्केरी हुने महिलाको खुट्टा नचल्ने र प्यारालाईज्डको अबस्थामा रहेकाले बिरामिको आफन्तसंग बिरामीको गम्भिर अबस्था रहेको बारे जानकारी दिएर शल्यकृया मार्फत सुत्केरी गराईएको र केही समयपछि सुत्केरी महिलाको मृत्यु भएको तथा बच्चालाई जोगाउन सफल भएको अस्पतालले जानकारी दिएको छ । साथै अस्पतालले उपचारकोक्रममा मृत्युु हुने महिलाको निधनप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समबेदना प्रकट गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल नेपाललाई थप सक्षम, विश्वसनीय र अब्बल सुरक्षा निकायको रूपमा स्थापित गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित ३० औँ सत्र सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले […]

दाङ । देउखुरी – लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कूलले आफ्नो शैक्षिक सत्र २०८२ का कतिपय महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरेको छ । विद्यालयले सोमबार बिहान आफ्नै विद्यालयको सभाहलमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम मार्फत शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फका उपलब्धिहरु सार्वजनिक गरेको हो । विद्यालयका प्राचार्य लोकमान रिजालले विद्यालयले छोटो समयमै दाङको देउखुरी उपत्यकामा गुणस्तरीय […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले मुलुकको समृद्धिका लागि सञ्चारको बलियो सहभागिता हुनुपर्ने बताउनुभएको छ। थुर्पा अनलाइनले मङ्गलबार घोराहीमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनुभएका प्रियासनले संचार क्षेत्र सृजनशीलताको अगुवाई गर्ने बलियो माध्यम भएका कारण सञ्चारको सहभागिता बिना मुलुकको समृद्धि असम्भव र दीर्घकालीन हुन […]

error: Content is protected !!