२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरी मृत्यु घटनाको छानबिन गर्ने सहमतिपछि बिबाद मिल्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २१, २०८२

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि उत्पन्न बिवाद मिलेको छ । घोराही उपमहानगरपालिका–१८ मसिनास्थित ब्रह्मचारी टोल निवासी २१ वर्षकी गुड्डी सुनारलाई सुत्केरी व्यथा लागेपछि प्रतिष्ठानमा ल्याइएकोमा बिरामीको अबस्था जटिल भएका कारण सामान्य डेलिभरी हुन नसकेपछि शल्यक्रियामार्फत सुत्केरी गराएको केही समयमा सुत्केरीको मृत्यु भएको थियो।
मृत्युको बारेमा सत्य तथ्य छानबिन गर्ने सहमतिपछि बिबाद मिलेको हो । पिडित परिवारको सहभागितासहितको प्रतिष्ठानका सह- निर्देशक डा. सुरेश रसाईलिको नेतृत्वमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति बनाउने अस्पताल प्रशासन र पिडित परिवार बिच निर्णय भएको छ । यसैगरेर दुबै पक्ष बिच शल्यकृया मार्फत जन्म भएको बच्चा १८ बर्षसम्म नपुग्दासम्म प्रतिष्ठानबाट प्रबाह हुने सबै सेवा निशुल्क गर्ने, अस्पतालको सेवामा अबरोध नगर्ने, उपचारमा संलग्न चिकित्सकमाथी हातपात नगर्ने सहमति भएको छ । त्यस्तै दुबै पक्ष बिच चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मि, नर्शहरुले स्वेच्छिकरुपमा सहयोग गर्न चाहने सबैले पिडितको नाममा ५० हजारको अक्षयकोष स्थापना गर्ने निर्णय पनि भएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. बिकास लामीछाने, शिक्षाध्यक्ष प्राडा बसन्त लामीछाने, अस्पतालका निमित्त निर्देशक प्राडा जनार्दन पन्थि, सह निर्देशक डा.सुरेश रसाइलि, घोराही १८ का वडा अध्यक्ष भरत अर्याल र पिडित बिरामी परिवार बिच शुक्रबार र शनिबार दिनभरिको सामुहिक छलफलबाट निष्कर्ष निकालिएको हो ।
बिरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेर दुर्ब्यबहार गरेको घटनामा चिकित्सकले छलफलमा बिरोध जनाएका थिए ।
बिरामिका आफन्तले अस्पतालको ‘अपरेशन वार्ड’मा प्रवेश गरी केही चिकित्सक माथि हातपात गरेपछि चिकित्सकले असन्तुष्टि जनाएका छन ।

सुत्केरी हुने महिलाको खुट्टा नचल्ने र प्यारालाईज्डको अबस्थामा रहेकाले बिरामिको आफन्तसंग बिरामीको गम्भिर अबस्था रहेको बारे जानकारी दिएर शल्यकृया मार्फत सुत्केरी गराईएको र केही समयपछि सुत्केरी महिलाको मृत्यु भएको तथा बच्चालाई जोगाउन सफल भएको अस्पतालले जानकारी दिएको छ । साथै अस्पतालले उपचारकोक्रममा मृत्युु हुने महिलाको निधनप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समबेदना प्रकट गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!