१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

दाङ प्रहरीले बाघको छालासहित राजपुर देउखुरीबाट ३ जना पक्राउ,

Logo
सागर रोका प्रकाशित आइतबार, आषाढ २२, २०८२

दाङ । वन्यजन्तु बाघको छाला (ओखेटोपहार) सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–१ गुरुङखोला निवासी ५३ वर्षीय केशव राज सेन ठकुरी, गढवा गाउँपालिका–६ खवरी निवासी, ४१ वर्षीय बिक्रम बुढामगर, र वर्दियाको बारबर्दिया नगरपालिका–४ पदनाह निवासी ३३ वर्षीय अनिल थारु रहेका छन् ।

अवैध रुपमा बाघको छाला कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका क्षेत्रभित्र बाघको छाला किनबेच भइरहेको गोप्य सूचना पाएपछि वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक रोशन राज पाण्डेयको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो ।

गोप्य सूचनाका आधारमा खोजतलास गर्दै जाँदा २२ गते राति करिब २ बजेतिर गढवा गाउँपालिका–६ खबरी निवासी बिक्रम बुढामगरको घरमा छापा मारिएको थियो । सो क्रममा बुढामगरसहित तीन जनालाई बाघको छाला लुकाएर राखिरहेको अवस्थामा फेला पारिएको प्रहरीको भनाइ छ ।

इलाका प्रहरी कार्यालय गढवाको समन्वयमा गरिएको खानतलासीमा बुढामगरको घरको माथिल्लो तलामा रातो प्लास्टिकको झोलाभित्र लुकाएर राखिएको एक थान पाटे बाघको छाला बरामद गरिएको हो । सो छालाको लम्बाइ ९ फिट २ इन्च र चौडाइ ३ फिट २ इन्च रहेको छ ।

प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ । नेपालमा बाघ लगायत वन्यजन्तुको अवैध कारोबार वन्यजन्तु संरक्षण ऐन अन्तर्गत गम्भीर अपराध मानिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!