२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालको सुरक्षा निकायसँग समन्वय नै नगरी भारतीय प्रहरीहरु जिल्ला प्रशासन सप्तरीको रेकी गरी फर्किए,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ २२, २०८२

 

सप्तरी । भारतीय प्रहरीले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय सप्तरीको रेकी गरी फर्किएको पाइएको छ। दिउँसो करिब ४ बजेतिर पुलिस लेखिएको बीआर ५० पी ८६६९ नम्बरको स्कर्पियो चढेर आएका ४/५ जनाको समूहले कार्यालयको रेकी गरी फर्किएका हुन् ।

सिभिल ड्रेसमा आएका उनीहरुले कार्यालय परिसरको पर्खालसँगै उत्तरतर्फ सडकमा स्कर्पियो राखेका थिए । तर, सो विषयमा सुरक्षा निकाय बेखबर थिए । सुरक्षा निकायसँग समन्वय नै नगरी नेपाल छिरेका भारतीय प्रहरी साढे चार बजेसम्म बसेर फर्किएपनि सुरक्षा निकायलाई जानकारी भएन। के कुन कारणले उनीहरु समन्वय नै नगरी नेपाल झिरेको विषयमा यकिन हुन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई साँझ ५ बजे सम्पर्क गर्दा भर्खरै सो गाडीको फोटो प्राप्त भएको बताए। ‘त्यसरी भारतीय प्रहरी नेपाल झिर्दा समन्वय गर्नुपर्ने थियो तर मलाई भर्खरै फोटो प्राप्त भयो’ उनले भने, ‘प्रहरीसँग समन्वय गरेको छ की ? बुझ्ने कार्य हुँदैछ ।’

जिल्ला प्रहरी प्रमुख एसपी गौतम केसीले सो गाडीको फलोअप गर्ने कार्य भइरहेको बताए । ’हामीले सो विषयमा जानकारी पाएपछि फलोअप भइरहेको छ,’ उनले भने ।
कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!