२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपालगन्जमा इस्लाम धर्मावलम्बीहरूको पर्व (मोहर्रम ताजिया) जुलूस भव्यताका साथ सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ २२, २०८२

बाँके । नेपालगन्ज सहरका विभिन्न टोलहरूबाट निकालिएका ताजियाहरू एकत्रित भई परम्परागत शैलीमा शहर परिक्रमा गरेका थिए ।

जुलूसमा सहभागीहरूले इमाम हुसैनको बलिदानको सम्झनामा मातम गरेका थिए। रंगीन कागज, सुनौलो झिल्के पट्टी, फूल र बत्तीले सजाइएका ताजियाहरूले जुलूसलाई आकर्षक बनाएको थियो।

कार्यक्रममा शान्ति र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा व्यवस्था गरेका थिए। भिड व्यवस्थापनमा प्रहरीको सक्रिय भूमिकाले जुलूस निर्विघ्न रूपमा सम्पन्न भएको थियो।

यो पर्वले नेपालगञ्जमा सांस्कृतिक सहिष्णुता र धार्मिक सद्भावको सन्देश प्रवाह गरेको छ। मुस्लिम समुदायसँगै अन्य समुदायका व्यक्तिहरूको सहभागिताले सामाजिक एकताको उदाहरण प्रस्तुत गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]