१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी र काठमाडौंका मेयर बालेन शाहबीच राजनीति छलफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ २३, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेवि भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई निवासमा बोलाएर छलफल गरेकी छिन्। राजनीतिमा पुनरागमनको घोषणा गरेकी भण्डारीले बालेनसँग राजनीतिक छलफल गरेकी हुन्।

भेटमा महानगरपालिकाको बजेट तथा समस्याका विषयमा पनि छलफल भएको  बालेनको सचिवालयले जनाएको छ । ‘उहाँसँग समसामयिक विषयमा छलफल भयो, कतिपय महानगरपालिकासँग सम्बन्धित विषय, कतिपय राजनीतिक सवाल र घटनाक्रममा छलफल भयो,’ मेयर शाहका स्वकीय सचिव भुपदेव शाहले भने, ‘भेटघाटमा पूर्व राष्ट्रपतिज्यूले राम्ररी रेस्पोन्स गर्नुभयो, मेयरज्यूले पनि भण्डारीज्यूले सेवा सुविधा फिर्ता गरेकोबारे चर्चा गर्नुभयो, कुराकानीका क्रममा महानगरपालिकाका देखिएको पछिल्लो समस्या बारे पनि छलफल भयो ।’

स्रोतका अनुसार मेयर शाहले तत्काल आफू राजनीतिमा नआउने बताउँदै महानगरपालिकामा केन्द्र सरकारले गरेको असहयोग र प्रतिशोधबारे जानकारी गराएका थिए । सरकारले नयाँ प्रशासकीय अधिकृत नपठाउँदा बजेट नै अवरुद्ध भएको विषयमा उनले जानकारी गराएका थिए। पूर्वराष्ट्रपति भण्डारीले भने उनलाई राजनीतिमा आउन आग्रह गरेकी थिइन्।
मेयर शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबिच तिक्ततापूर्ण सम्बन्ध छ । एमालेमा वैकल्पिक धारको राजनीतिक सक्रियता बढाइएकी भण्डारीको बालेनसँगको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।

पूर्वराष्ट्रपतिको रुपमा पाउने सेवा–सुविधा छाडेर भण्डारीले हालै राजनीतिक सक्रियता बढाएकी हुन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!