१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

ओली चौथोपल्ट प्रधानमन्त्री बनेको एक वर्ष पुग्दै, सरकारी प्रतिबद्धताको कस्तो रह्यो त ?

Logo
ABC-Sanchar प्रकाशित सोमबार, आषाढ २३, २०८२

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान र पारापिट निर्माणलाई प्रतिष्ठाकै विषय बनाएका थिए भन्ने तथ्य उनको सत्तारोहणपछिको पहिलो क्याबिनेट बैठककै निर्णयबाट स्पष्ट हुन्छ ।

पोहोर असार अन्तिम साता चौथोपटक प्रधानमन्त्रीको पदभार सम्हालिरहँदा ओलीले ३०० दिनभित्र फ्लडलाइट र पारापिट सहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने निर्णय गरेका थिए ।

नेपाली युवाहरूमा रहेको क्रिकेटप्रतिको आकर्षण बुझेका ओलीले मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा क्रिकेट रंगशाला निर्माणलाई राखिएको सूचना सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका थिए । प्रतिनिधिसभाका प्रमुख दलहरू नेपाली कांग्रेस, नेकपा एमाले सहित सात दलको समर्थनमा बनेको सरकारको सामथ्र्य र विकास निर्माणप्रति आफ्नो व्यक्तिगत तदारुकताको मानक बनाउने गरी ओलीले क्रिकेट रंगशाला निर्माणको निर्णय लिएका थिए ।

अनि आफू नेतृत्वको सरकारको सामर्थ्यबारे बारम्बार ओलीले भन्ने पनि गरेका थिए– ‘यो खरानीको डल्लो होइन, सरकारसँग लगभग दुई तिहाइ छ भन्ने सबैमा हेक्का रहोस् !’
तर यति शक्तिशाली सरकारका प्रधानमन्त्रीले प्रतिष्ठाको विषय मानेको क्रिकेट रंगशाला निर्माण कार्य घोषित समयमा सकिएन । सरकारको निर्णय र प्रधानमन्त्रीको घोषणा बमोजिम रंगशालाको काम भएको भए गत २४ वैशाखमै बनिसक्थ्यो ।

रंगशालाको कुनै एउटा भित्तामा आफ्नो नाम लेखिएको ताम्रपत्र प्रधानमन्त्री ओलीले शिलान्यास गरिसक्थे । तर ३०० दिन पुग्नु तीन दिनअघि ठेकेदारलाई आलोचना गर्दै ओलीले निर्धारित मितिमा काम हुन नसकेको जानकारी दिए, र थप दुई महिनाको म्याद थपे । थपिएको दुई महिना भनेको वर्तमान सरकारको वर्ष दिन हुन्छ ।

तर युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीका अनुसार यो अवधिमा (३१ असारभित्र) पनि फ्लडलाइट जडान र पारापिट सहितको रंगशाला तयार नहुने भएको छ । ‘सिभिल वर्क सकिएको छ । तर फ्लडलाइटको सामग्री यूरोपबाट ल्याउनुपर्ने भएकाले समय लाग्नेभयो’ मन्त्री चौधरी भन्छन्, ‘सामग्री ढुवानीकै कारण काममा ढिलाइ भयो ।’

३०० दिनभित्र काम नहुँदा ठेकेदारलाई गाली गरेर जोगिएका ओलीले अब कस्तो जवाफ देलान् ? एसईईको नतिजा सुध्रेको जस आफूले नपाएकोमा सामाजिक सञ्जालको प्रतिक्रियासँग झगडा गरिरहेका ओलीको प्रतिक्रिया सुनिने नै छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!