२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपालमा डेङ्गु,कालाजार र स्क्रबटाइफसजस्ता सरुवा रोगहरूको सङ्क्रमण बढ्दै, स्वास्थ्यकर्मी,

Logo
Abc Sanchar प्रकाशित सोमबार, आषाढ २३, २०८२

काठमाडौं । आर्थिक वर्ष २०८०–८१ मा जिल्लामा डेङ्गुका १४२ बिरामी भेटिएका थिए भने चालु वर्ष २०८१–८२ मा यो सङ्ख्या १५० पुगेको छ। यस्तै, गत वर्ष ४ जनामा कालाजार देखिएकोमा यस वर्ष ६ जनामा सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार भारतबाट फर्किने मजदुरहरूबाट संक्रमण फैलिने दर उच्च भएको छ। लामखुट्टे र भुसुनाबाट सर्ने यी रोगबाट जोगिन सतर्कता अपनाउन आग्रह गरिएको छ।

स्वास्थ्य कार्यालय बर्दियाका विष्णु वैश्यले भारतबाट फर्किने व्यक्तिहरूमार्फत संक्रमण फैलिएको पुष्टि भइरहेकाले सावधानी आवश्यक भएको बताए। बर्दिया अस्पतालका बालरोग विशेषज्ञ डा. विश्वनाथ शाहले विशेषगरी वर्षायाममा बालबालिका जोखिममा पर्ने भएकाले अभिभावकहरूलाई सचेत रहन अनुरोध गरेका छन् ।

खैरापुर स्वास्थ्य चौकीका प्रमुख जनकनाथ योगीले यो वर्ष बिरामीको सङ्ख्या अघिल्लो वर्षभन्दा बढेको जनाउँदै नागरिक र स्थानीय निकायहरूलाई सतर्क रहन अपिल गरे ।

स्वास्थ्यकर्मीहरूका अनुसार सरसफाइमा ध्यान दिनु, पानी जम्न नदिने, मच्छरदानी प्रयोग गर्ने र भुसुना नियन्त्रणका उपाय अवलम्बन गर्नु रोग नियन्त्रणका लागि आवश्यक छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]