जलेश्वर । विशेष सूचनाका आधारमा मध्यरातमा अनुसन्धानका लागि जलेश्वर पुगेका पत्रकार दिवाकर शाह र उनको टिममाथि सरकारकै भवनभित्र आक्रमण भएको छ। प्रहरीको साथमा अनुसन्धानमा पुगेका पत्रकारहरूलाई सुरक्षाकर्मीहरूले एक्कासी छाडेर पछि हटेपछि स्थिति नियन्त्रणभन्दा बाहिर गएको हो।
सरकारी भवनभित्र कथित रूपमा ठुलो रकमको लेनदेन र मदिरा पार्टी चलिरहेको सूचना पाएपछि शाह टोली त्यहाँ पुगेका थिए। तर घटनास्थलमा पुगेपछि प्रहरी नै बिना कुनै स्पष्ट कारण हराएपछि, त्यहीँ रहेका केही अपरिचित व्यक्तिहरूले पत्रकारमाथि हातपात गरे।
आक्रमणको क्रममा क्यामेराम्यान घाइते भएका छन् भने पत्रकारहरूको क्यामरा समेत खोसिएको छ। आफूमाथि भएको घटनाको विवरण दिँदै पत्रकार शाहले सामाजिक सञ्जालमार्फत फेसबुक लाइभ गर्दै भने, “हामी सुरक्षाका लागि प्रहरीलाई लिएर गएका थियौं, तर उल्टै उनीहरूले हामीलाई छाडेर गएका छन्।”
यो घटना प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाप्रति राज्यसंयन्त्र कति गम्भीर छ भन्ने प्रश्न खडा भएको छ।