नुवाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार
काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको नेपाली सेनाको टोलीले उद्धार गरेको हो ।
घाँस-दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि त्यहीँ फसेका हुन् । उनीहरु रुखमा चढेर बसेका छन् । रुखमुनि बाढी आएको छ ।
बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसेका थिए । हावा र पानीको बहावका कारण उद्धारमा कठिनाइ भएको थियो ।