१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

कृषि मन्त्री पन्थीको दाङमा कृषिमा पत्रकारिता सक्रिय पत्रकारहरू संग अन्तरक्रिया सम्पन्न,

Logo
बिदुर एमसी प्रकाशित मंगलबार, आषाढ २४, २०८२

कृषि मन्त्री पन्थीको दाङमा कृषिमा पत्रकारिता सक्रिय पत्रकारहरू संग अन्तरक्रिया सम्पन्न

दाङ । लमही लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले प्रदेश सरकारले कृषिमा अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याएको बताउनुभएकाे छ ।  लुम्बिनी प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजना तथा सञ्चारिका समूह लुम्बिनी प्रदेशको सहकार्यमा आज साेमबार दाङ-देउखुरीकाे लमहीमा आयाेजित सञ्चारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम बाेल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

मन्त्री पन्थी किसानलाई आत्मनिर्भर बनाउन र आम्दानीको बाटो खोल्न विशेष कार्यक्रम सञ्चालनका लागि काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयाे “कृषिमा देखा परेका समस्याहरूको समाधान खोज्न मन्त्रालय जुटिरहेको छ।  पछिल्ला वर्षहरूमा खेतबारीमा उत्पादन घटेको छ, यसप्रति पत्रकारले पनि जनताको आवाज उठाउनुपर्छ।” मन्त्री पन्थीले “थोरै मानिसले कृषि गरेर आफ्नो परिवार पाल्न र बिक्रीमार्फत आम्दानी गर्न सफल भएका छन्।” प्रदेश सरकारले सात वर्ष यता भएका राम्रा कार्यक्रमको निरन्तरतामा जोड दिएको र स्रोत अभावका कारण केही कार्यक्रम अघि बढ्न नसकेको बताउनुभयाे ।

“राम्रा कामलाई प्रोत्साहन र असफल कामलाई निरुत्साहित गर्न मन्त्रालय लागिपरेको छ,” मन्त्री पन्थीको भनाइ थियो। उहाँले माटोको उपचार सम्बन्धी काम सुरु गरिएको पनि जानकारी दिनुभयो। साथै उहाँले सञ्चारकर्मीहरुलाई आग्रह गर्दै भन्नुभयो, “कृषिमा भएका कामबारे खोजी गरौँ, सुझाव दिऊँ – मन्त्रालय तयार छ सुन्‍न र सुधार गर्न तयार छ, उहाँले भन्नुभयाे ।

कृषि मन्त्रालयका सचिव यामनारायण देवकाेटाकाे अध्यक्षता एवम् कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशकी अध्यक्ष अमृता अनमोलले विषय प्रवेश गराउनुभएको थियो। सो क्रममा मन्त्रालय बाली संरक्षण निर्देशक घनश्याम चौधरीले लुम्बिनी प्रदेशको कृषि क्षेत्रको वर्तमान अवस्था बारेमा जानकारी दिनुभएको थियो । उहाँले चालू आर्थिक बर्षकाे उपलब्धी र आगामी बर्षकाे कार्यक्रमका बिषयमा समेत प्रकाश पार्नु भएको थियाे । कार्यक्रमकाे सञ्चालन सञ्चारिका समूह लुम्बिनी प्रदेशकी कार्यक्रम संयाेजक उषाकिरण पन्थले गर्नु भएकाे थियाे

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

error: Content is protected !!