स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँ सहित एक चिनियाँ नागरिक पक्राउ
काठमाडौं । पक्राउ पर्नेमा ४० वर्षीय चिनियाँ नागरिक वाङ जियन रहेका छन् ।
काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँबस्ती स्थित एक घरमा भाडा लिएर बसेका वाङको कोठाबाट उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ ।
उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।