दाङ । भालुवाङ नेपाल प्रहरी प्रधान कार्यालय मानबश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको बिभिन्न पत्रादेशानुसार जनपद समूह अन्तर्गत प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार तथा प्रहरी सहायक हवल्दारलाई ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर सिंह ऐरीद्वारा दर्ज्यानी चिन्हद्धारा सु-शोभन गर्नु भई सफल कार्यकालको शुभकामना सहित आवश्यक निर्देशन दिनु भएको ईलाका प्रहरी कार्यालय भालुवाङ दाङले जानकारी दिएको छ ।