मधेश प्रदेश । जलेश्वरमा सरकारी कार्यालयभित्र रातको समयमा भइरहेको ‘रक्सी पार्टी’ कभरेज गर्न गएका पत्रकार दिवाकर शाहमाथि आक्रमण भएको छ।
विशेष सूचनाका आधारमा प्रहरीसहित पुगेका शाहमाथि, प्रहरी अचानक हराएपछि, पार्टीमा संलग्न अपरिचित व्यक्तिहरूले हमला गरे।
👉 क्यामेरा खोसियो, क्यामेराम्यान घाइते भए।
👉 प्रहरीको वेवास्ताले पत्रकार थप असुरक्षित बने।
त्यसैबीच, घटनास्थलमै रहेकी एक महिला पत्रकारले उल्टै शाहलाई धम्क्याउँदै भनिन्,
“यति रातिको रिपोर्टिङ गर्ने? तिमीलाई रिपोर्टको ‘P’ पनि आउँदैन, ‘R’ पनि!”
✊ मागहरू :
घटनाको निष्पक्ष छानबिन होस्
दोषी र लापरवाह प्रहरीमाथि कारबाही होस्
पत्रकार सुरक्षा ऐन प्रभावकारी रूपमा लागू होस्
प्रेस स्वतन्त्रताको रक्षा सुनिश्चित गरियोस्
साँचो पत्रकारिता दबिँदैन — डराउँदैन। सत्य बोल्नेलाई सम्मान गरौं, अपमान होइन।
दुर्व्यवहार गरेको व्यक्तिहरूको फोटो हेर्नुस्। कसकसले चिन्नुहुन्छ?