१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

भारतको गुजरातमा पुल अचानक भाँचिदा केही सवारी साधनहरु नदीमा खसे उद्धारकार्य जारी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ २५, २०८२

भारतको गुजरातमा पुल अचानक भाँचिदा केही सवारी साधनहरु नदीमा खस्यो उद्धारकार्य जारी

नयाँदिल्ली । वडोदरा र आणन्दलाई आपसमा जोड्ने पुलको बिचको एउटा हिस्सा भाँचिएको हो । गम्भीरा नाम गरिएको सो पुल भाँचिएलगत्तै कांग्रेस आईका नेता तथा विधानसभामा विपक्षी नेता अमित चावडाले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सरकारलाई अपिल गरेका छन् । उनले यातायातका लागि वैकल्पिक व्यवस्था गर्न पनि सुझाव दिएका छन् ।

महिसागर नदीमाथि बनेको यो पुल ४५ वर्ष पुरानो रहेको बताइएको छ । प्रत्यक्षदर्शीका अनुसार दुई मालवाहक ट्रक, एउटा बोलेरो जीप सहित केही सवारी साधन नदीमा खसेका छन् ।

उद्धारकर्मीले दुई वटा शव फेला पारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उद्धार कार्य जारी रहेको र बेपत्ता यात्रीको खोजी भइरहेको जनाइएको छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!