२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ प्रहरीले पेस्तोलसहित एक युवक पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ २५, २०८२

 

दाङ । पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँपालिका– ३ फलाँटे घरभइ हाल घोराही उपमहानगरपालिका–१५ विपि चोक नजिकै बस्दै आएका अजय बिक रहेको प्रहरीले जनाएको छ ।

लोटस ट्रेनिङ सेन्टरको होस्टेलमा बस्दै आएका बिकसंग हतियार रहेको गोप्य सूचनाको आधारमा गएको प्रहरीले खानतलासी गर्दा खाटमुनि लुकाई राखेको अवस्थामा पेस्तोल र गोली बरामद गरेको हो ।  वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरीक्षक सुरज सिंहको कमान्डमा प्रहरी टोलीले एक थान पेस्तोल, सोमा लाग्ने ४ थान गोली, ७ राउन्ड क्षमता भएको एक थान म्याग्जिन बरामद गरेको हो ।

दश दिन अघि नेपाल आएका बुबाले पेस्तोल राख्न दिएपछि आफूले राखेको भन्दै प्रहरीलाई बिकले बयान दिएका छन् । पक्राउ परेका अभियुक्तका बुबा भारतमा लुटपाट र ठगि धन्दा आरोपमा केहिदिन अघि भारतको हरियानामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनुभयो ।  घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ । बुबाले मान्दै नमानेर पेस्तोल राख्न दिएकाले फसेको अभियुक्तको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!