२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी बिकद्वारा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ २५, २०८२

धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ८०६१ र ८०६३ मिति २०८२।०३।२३ गतेको निर्णयले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार मनोज राम महर, ललित बहादुर सिंह, अशोक कुमार अधिकारी, पुजा कुमारी बोकटी, दिपेन्द्र बहादुर भण्डारी, बिरेन्द्र सिंह धामी र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी सहायक हवल्दार जुग राम चौधरी, मिना पनेरु, मोहन सिंह सावद, बामदेव जोशी, अर्जुन महरा, अर्जुन दत्त भट्ट, बाबुराम चौधरी लगायत छ जना प्रहरी हवल्दार र सात जना प्रहरी सहायक हवल्दार गरी जम्मा तेह्र जना प्रहरी हवल्दार तथा प्रहरी सहायक हवल्दार हरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज मंगलबार आयोजित एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क. ज्यूले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

उक्त कार्यक्रममा कार्यालय प्रमुख ज्यूले बढुवा भएका प्रहरी हवल्दार तथा प्रहरी सहायक हवल्दार हरुलाई बधाई एवं शुभकामना दिनुहुँदै पदोन्नतीसँगै जिम्मेवारी पनि बढेकोले कार्यक्षेत्रमा जिम्मेवार भएर ईमान्दारीपुर्वक व्यवसायिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै राष्ट्र, संगठन र जनता प्रति उत्तरदायी हुँदै त्रुटीरहित ढंगबाट कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!