२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सुदूरपश्चिम प्रहरी प्रमुख डिआईजी बिकद्वारा बढुवा भएकाहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ २५, २०८२

धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ८०६१ र ८०६३ मिति २०८२।०३।२३ गतेको निर्णयले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार मनोज राम महर, ललित बहादुर सिंह, अशोक कुमार अधिकारी, पुजा कुमारी बोकटी, दिपेन्द्र बहादुर भण्डारी, बिरेन्द्र सिंह धामी र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी सहायक हवल्दार जुग राम चौधरी, मिना पनेरु, मोहन सिंह सावद, बामदेव जोशी, अर्जुन महरा, अर्जुन दत्त भट्ट, बाबुराम चौधरी लगायत छ जना प्रहरी हवल्दार र सात जना प्रहरी सहायक हवल्दार गरी जम्मा तेह्र जना प्रहरी हवल्दार तथा प्रहरी सहायक हवल्दार हरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा आज मंगलबार आयोजित एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बि.क. ज्यूले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।

उक्त कार्यक्रममा कार्यालय प्रमुख ज्यूले बढुवा भएका प्रहरी हवल्दार तथा प्रहरी सहायक हवल्दार हरुलाई बधाई एवं शुभकामना दिनुहुँदै पदोन्नतीसँगै जिम्मेवारी पनि बढेकोले कार्यक्षेत्रमा जिम्मेवार भएर ईमान्दारीपुर्वक व्यवसायिक दायित्व र जिम्मेवारी निर्वाह गर्दै राष्ट्र, संगठन र जनता प्रति उत्तरदायी हुँदै त्रुटीरहित ढंगबाट कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]