२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

यमनका हुथी विद्रोहीहरूले कार्गो जहाजमाथि आक्रमण गरेर लाल सागरमा डुबाए,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ २६, २०८२

 

यमन । जहाजका छ जना चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ भने कम्तीमा तीन जनाको मृत्यु भएको छ।

युके मेरिटाइम ट्रेड अपरेशन्स (युकेएमएमटीओ) एजेन्सीका अनुसार ‘इटर्निटी सी’ नामक लाइबेरियाली झण्डा भएको जहाजमा २५ जना चालक दलका सदस्यहरू थिए।

सोमबार एउटा सानो डुङ्गाबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेड (आरपीगी) आक्रमणमा जहाज गम्भीर रूपमा क्षतिग्रस्त र शक्तिहीन भएको थियो।

इरान समर्थित हुथी विद्रोहीहरूले ‘इटरनिटी सी’ इजरायलतर्फ जाँदै गर्दा आक्रमण गरेको बताएका छन्। उनीहरूले धेरै चालक दलका सदस्यहरूलाई पनि बन्धक बनाएका छन्।

यमनस्थित अमेरिकी दूतावासले हुथी विद्रोहीहरूले “धेरै चालक दलका सदस्यहरूलाई अपहरण गरेको” बताएको छ र उनीहरूको तत्काल रिहाको माग गरेको छ।

यो एक हप्तामा हुथी विद्रोहीहरूले डुबाएको दोस्रो जहाज हो। यसअघि कार्गो जहाज ‘म्याजिक शिप’ मा मिसाइल र ड्रोनले आक्रमण गरेर डुबाइएको थियो।

बुधबार, लाल सागरमा तैनाथ युरोपेली संघको नौसेना मिसन ‘अपरेशन एस्पाइड्स’ ले पहिले बेपत्ता रहेका छ जना चालक दलका सदस्यहरूलाई उद्धार गरिएको बताएको छ।

एएसपिड्सका एक अधिकारीले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार तीमध्ये पाँच जना फिलिपिन्सका नागरिक र एक जना भारतीय थिए भने १९ जना अझै बेपत्ता छन्।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]