२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बाँकेमा सशस्त्र प्रहरी असई सोमराज शर्मा खुलेआम तस्करीसंग पैसा बार्गेनिङ गरेको अडियो सार्वजनिक

Logo
ABC (भन्डाफोर) प्रकाशित बिहिबार, आषाढ २६, २०८२

बाँके । गृहमन्त्री रमेश लेखेकको निर्देशनलाई ठाडो उलंघन गर्दै बाँकेमा कार्यरत सशस्त्र प्रहरीका असई सोमराज शर्माले खुलेआम स्याउ तस्करीसंग २ लाख ५० हजारको (स्याउ भित्र) महङ्गो फ्लेवर”पास गराउन दिनको ५/५ हजार मागेको अडियो सार्वजनिक…

बाँकेको नेपालगन्ज भान्सारमा खुलेआम तस्करसँग बार्गेनिङ हुँदै तस्करी हुने गरेको प्रमाण फेला सीमा सुरक्षाको लागि नेपाल सरकारद्वारा सशस्त्र प्रहरी बललाई जिम्मेवारी सुम्पिएको छ । तर सोहीको फाइदा उठाउँदै हाल सिमानाका भान्सारमा केही दिन अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई) सोमराज शर्माले खुलेआम सेटिङ्ग गर्दै तस्करी गराउने गरेको अडियो सार्बजनिक भएको छ ।केही तस्करहरूले नाम नबताउने सर्तमा मासिक ५ देखि १० हजार सम्म दिने सर्तमा सेटिङ्ग गरिएको बताइएको छ । तस्करका अनुसार असई सोमराज शर्मा (सिविल ड्रेसमा) आई हामीसित सेटिङ गर्ने गरेको बताएका छन् । बर्दिया जिल्लाबाट केही दिन अगाडी मात्र सरुवा भई आएका सशस्त्र प्रहरी सहायक निरीक्षक शर्मामाथि सशस्त्र प्रहरी बल नेपाल न. ५ बिन्ध्यावासिनी बहानी कपिलवस्तुका प्रमुख डिआइजी दीपेन्द्र कुँवरको कृपा दृष्टि रहेको हुँदा यसरी खुलेआम सानो–ठुलो तस्करहरूबाट बार्गेनिङ गरेर सेटिङ्ग गर्ने गरेको बताउँछन् ।यसबारे जानकारीको लागि लुम्बिनी प्रदेश सशस्त्र प्रहरी बल नेपाल न. ५ बिन्ध्यावासिनी बहानी कपिलवस्तुका प्रमुख डिआइजी कुँवरलाई ५ पटकसम्म फोन सम्पर्क गर्दा फोन उठेन।

यता सशस्त्र प्रहरी बल नेपाल ३० न. गण बागेश्वरी बाँकेका प्रमुख एसपी शोभाकान्त खनाल भन्नुहुन्छ यो अडियो पुरानो हो नयाँ होइन, अडियो पुरानो होस या नयाँ तर पनि तस्करीसंग पैसाको बार्गेनिङ गर्नु भ्रष्टाचार हो कि नाई भन्ने प्रश्नमा एसपी खनालले बुझेर भन्छु भन्दै टारेका छ्न ।यसतर्फ सम्बन्धित पक्षको बेलामा ध्यान केन्द्रित नहुँदा आउने समयमा खुलेआम तस्करी हुने निश्चित रहेको भन्सारमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूबाट नै भनाई आइरहेको छ । असई शर्मा सशस्त्र प्रहरी गण ३० नम्बर बागेश्वरी बाँकेबाट खटाइका छन् । सशस्त्र प्रहरीका असई सोमराज शर्माको पैसा बार्गेनिङ गरेको अडियो एबिसी संचारको कार्यालयमा सुरक्षित रहेको छ । साथै बुधबारको समाचारमा प्रसारण भएको सम्पूर्णलाई जानकारी गर्द्छो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!