२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

शुक्रबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आषाढ २७, २०८२

मेष : दिन राम्रो छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। सहयोगी साथीको जमघट हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। बन्धुको साथ मिल्नेछ। परिवारको साथ र सहयोग मिल्ने योग छ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले काम बन्ने भएकाले बोल्दा सचेत बन्नुपर्ने छ। प्रतिभाको प्रदर्शन गर्ने दिन छ। सिर्जनात्मक क्षेत्रमा जाँगर चल्नेछ। परिवारका सदस्यले विरोध गरे पनि समाजले तपाईंको प्रशंसा गर्नेछ।

मिथुन : दिन सामान्य छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। आफन्त टाढा हुने भएकाले सचेत बन्नुपर्ने छ। गोप्य कुरा मनमै राख्नु उचित हुन्छ।

कर्कट : जमिन सम्बन्धी कारोबारमा घाटा हुनेछ। आफन्तले विरोध गरेको सुन्नुपर्ने दिन छ। राजनीतिक क्षेत्रमा भने तपाईंको पहुँच विस्तार हुनेछ। संगठन विस्तार हुनेछ। परिवारसँग गोपनीयता भंग नगर्नु उचित हुन्छ।

सिंह : दिन राम्रो छ। आम्दानी बढ्नेछ। परिवारको बोझले भने सताउने जोखिम छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। पिपलको दर्शन मात्र गरेमा पनि दिन सहज बन्ने छ।

कन्या : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लागनी गरेको भए फाइदा हुनेछ। विपक्षी साथी शान्त भएकाले काम सहजै बन्ने छ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन सामान्य छ। श्रमको मूल्य प्राप्त नहुने जोखिम छ। तपाईंको अगाडि मिठो कुरा गरेर आक्रमण गर्ने साथीसँग सचेत बन्नुपर्ने देखिन्छ। राजनीतिक क्षेत्रमा भने सेवाको अवसर मिल्नेछ।

वृश्चिक : दिन राम्रो छ। दाजुभाइसँगको सहकार्यले भाग्यको उदय हुनेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारमा रमाइलो घुमघामको यात्रा तय हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनुपर्ने देखिन्छ।

धनु : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नु उचित हुन्छ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। मन आशान्त बन्ने छ। संकटमा परिवारको साथ मिल्नेछ।

मकर : दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले सोचेको काम बन्नेछ। मिहिनेतको फल प्राप्त हुँदा मन खुशी हुनेछ। स्वास्थ्यले साथ दिँदा मन शान्त बन्ने योग छ। राजनीतिक क्षेत्रमा भने ठगले सताउने भएकाले सचेत बन्नु उचित हुन्छ।

कुम्भ : दिन सामान्य छ। यात्रामा अनावश्यक खर्च हुनेछ। साथीले विरोध गर्ने जोखिम छ। स्वास्थ्यले साथ नदिँदा मन अशान्त बन्ने छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्त मिल्नेछ। परिवारको सल्लाहमा काम गर्नु राम्रो हुन्छ।

मीन : दिन सामान्य राम्रो छ। सानो कुराले मन भारी हुनेछ। आम्दानीका दृष्टिले चन्द्रमाको साथले फाइदा हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। विपक्षीसँग थोरै बोलेर अगाडि बढ्नु उचित हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!