२१ कार्तिक २०८३, शनिबार
07-11-2026 , Sat
×

अफगानिस्तानको राजधानी काबुल आगामी पाँच वर्षमा पानी सकिने पहिलो राजधानी सहर बन्यो

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ २७, २०८२

काबुल । लागिरहेको छ ? यदि हामी गैर लाभकारी संस्था मर्सी कॉर्प्सलाई विश्वास गर्छौँ भने जवाफ हुनेछ, हो । मर्सी कोर्प्सले आफ्नो एउटा रिपोर्टमा काबुलमा पानीको अभाव भएकोमा चिन्ता व्यक्त गरेको छ। यसले जलवायु परिवर्तन र दशकौं लामो द्वन्द्वले काबुलको पानीको समस्यालाई गहिरो बनाएको उल्लेख गरेको छ। यदी यो बेलैमा समस्या समाधान नभएमा लाखौं मानिस विस्थापित हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् ।

यस वर्ष अप्रिलमा प्रकाशित एक रिपोर्टले काबुलको भूजल स्तर पछिल्लो दशकमा २५–३० मिटर (८२–९८ फिट) ले घटेको बताएको छ। यसका कारण पानी निकासीले प्राकृतिक पुनःपूर्ति क्षमता ४४ मिलियन घनमिटर (१,५५३ घनफिट) नाघेको छ। प्रतिवेदनका अनुसार यो क्रम जारी रह्यो भने २०३० सम्ममा काबुलको भूमिगत पानीका स्रोतहरू सुक्नेछन्, जसका कारण अफगानिस्तानको राजधानीको अस्तित्व नै खतरामा पर्नेछ ।

मर्सी कोर्प्स अफगानिस्तानका निर्देशक डेने करीले संकटलाई प्रकाश पार्दै भने, ‘पानी अभावको अर्थ मानिसहरू भाग्न बाध्य हुनेछन्, अफगानिस्तानका जनताका लागि ठूलो बसाइ सराइ र ठूलो कठिनाइ हुनेछ।’ प्रतिवेदनमा युनिसेफले अनुमान गरेको छ कि काबुलका लगभग आधा भूमिगत बोरवेलहरू, जुन बासिन्दाहरूको लागि पिउने पानीको प्राथमिक स्रोत हो, पहिले नै सुकिसकेका छन् ।

त्यसो त काबुलको जनसंख्या सन् २००१ यता सात गुणाले बढेको छ। जसका कारण अपर्याप्त पूर्वाधार र प्रशासनका कारण पानी व्यवस्थापन जटिल बन्दै गएको छ। पञ्जशिर नदी खानेपानी पाइपलाइन आयोजनाले २० लाख जनतालाई पानी पु¥याउन सक्छ तर त्यसका लागि बजेट र सहयोग चाहिन्छ ।

‘काबुलले अहिले पनि पानीको सङ्कटको सामना गरिरहेको छ, जहाँबाट तत्काल कदम चालिएन भने त्यहाँबाट फर्किने सम्भावना छैन,’ जलस्रोत विज्ञ नजिबुल्लाह सादिदले चेतावनी दिदै भने ।

वर्षामा कमी

मर्सी कॉर्प्सको चेतावनीले आउँदो दशकमा काबुलमा हुने विनाशकारी खडेरीलाई रोक्न तत्काल अन्तर्राष्ट्रिय सहयोग र प्रभावकारी स्थानीय शासनको लागि आह्वान गरेको छ। पछिल्ला वर्षहरूमा वर्षा पनि तीव्र रूपमा घटेको छ। काबुलको भूमिगत पानी भर्ने नदीहरू हिन्दुकुश पहाडहरूबाट पग्लने हिउँ र ग्लेशियरमा निर्भर छन्। तर, अक्टोबर २०२३ देखि जनवरी २०२४ सम्म अफगानिस्तानमा सामान्य रूपमा ४५ देखि ६० प्रतिशत मात्रै वर्षा भएको थियो।

सहरको अन्त्य नजिक

जलस्रोत विज्ञ नजिबुल्लाह सादिदले राजधानी कहिले सुक्छ भन्न नसकिने बताए तर काबुलमा पानीको समस्या गम्भीर रूपमा रहेको भने उनले स्वीकार गरेका छन् ।  ‘अन्तिम इनार कहिले सुक्छ भनेर कसैले दाबी गर्न सक्दैन तर हामी जान्दछौँ कि जति भूमिगत पानीको स्तर घट्दै जान्छ, गहिरो भूमिगत पानी भण्डारणको क्षमता घट्छ। भूमिगत पानीलाई घट्दै गरेको कचौराको रूपमा कल्पना गर्नुहोस्, हामीलाई थाहा छ कि यसको अन्त नजिकै आइसकेको छ,’ उनले भने।

गरिबहरू सबैभन्दा बढी मारमा

असिम मेयर, जलस्रोत व्यवस्थापन विशेषज्ञ र काबुल पोलिटेक्निक युनिभर्सिटीका पूर्व लेक्चररले भने, “पानी सङ्कटले शहरका धनी र गरिब मानिसहरूबिचको खाडललाई उजागर गर्छ। धनी बासिन्दाहरूले गहिरो बोर होलहरू खन्न खर्च गर्न सक्छन्, जसले गरिबहरूको पहुँचलाई सीमित गर्दछ। यो सङ्कटले सबैभन्दा पहिले गरिबहरूलाई असर गर्छ।’

पानी जम्मा गरेर बित्यो जीवन

काबुलमा रहेको जलवायु संरक्षण एनजीओ, पर्यावरण संरक्षण प्रशिक्षण र विकास संगठन (इपीटिडिओ) का निर्देशक अब्दुलहादी अचकजाई भन्छन् कि यस विभाजनको सङ्केत सार्वजनिक पानीको धारा वा निजी पानी सङ्कलन गर्नेहरू बाहिर लामो लाइनहरूमा स्पष्ट देखिन्छ। रिबेका बासिन्दाहरू, जसमा प्रायः बच्चाहरू समावेश छन्, निरन्तर पानीको स्रोत खोज्न बाध्य छन्।

उनले भने, ‘हरेक साँझ, राति अबेरसम्म कामबाट घर फर्कँदा हातमा सानो डिब्बा लिएर पानी खोजिरहेको देख्छु, उनीहरु निराश देखिन्छन्, अध्ययन वा सिक्नुको ट्टा घरका लागि पानी जम्मा गरेर जीवन बिताइरहेका छन् ।”एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात प्रवर्द्धन गर्ने उद्देश्यले दाङको राप्ती गाउँपालिकामा चालक तथा सहचालकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएको छ। समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत २०८३ कात्तिक २१ गते राप्ती गाउँपालिका–८, सिसहनियामा इलाका प्रहरी कार्यालय सिसहनिया र अस्थायी ट्राफिक प्रहरी पोष्ट लमहीको संयुक्त आयोजना तथा राप्ती गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा कार्यक्रम सञ्चालन […]

  बाँके । राष्ट्रिय जनमत पार्टी नेपालगन्ज आजको बैठकबाट भएका २ वटा महत्त्वपूर्ण निर्णय : – *आउने शनिबार, मंसिर २८ गते (नोभेम्बर १४)* फेरि विस्तारित बैठक बस्ने – *त्यही बैठकबाट २३ वटै वडाको वडा इन्चार्ज तोकिने* तपाईं चाहनुहुन्छ भने म यो निर्णयलाई फेसबुक / ग्रुपमा राख्न मिल्ने गरी एउटा छोटो सूचना बनाएर दिन्छु, र आउने […]

  काठमाडौं । महेन्द्रनगर जाँदै गरेको यात्रुवाहक बसमा मादक पदार्थ सेवन गरेका युवाहरूले एक महिलामाथि अश्लील दुर्व्यवहार गरेको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार बसभित्रै युवाहरूले महिलालाई अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेका थिए। घटनापछि बसमा रहेका अन्य यात्रुहरूले समेत विरोध जनाएका थिए। घटनाबारे सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइएको बताइएको छ। प्रहरीले घटनाको सत्यतथ्य बुझ्न अनुसन्धान सुरु […]