१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सहकारीको बचत अपचलन गरी सम्पर्कबिहीन भएका बचतकर्ताहरुद्वारा अध्यक्ष,सचिवको घर घेराउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ २७, २०८२

बुटवल । सहकारीको बचत अपचलन गरी सम्पर्कबिहीन भएका डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्था तिलोत्तमा–३ का अध्यक्ष र सचिवको घर बचतकर्ताले मध्यरातसम्म घेराउ गरेका छन् ।

बिहीबार दिउँसो बचतकर्ताले व्यवस्थापक वसन्त पराजुलीको घर घेराउ .गरेकोमा साँझदेखि राति १ बजेसम्म अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापाको घर घेराउ गरेका हुन् । सयौंको संख्यामा बचतकर्ता घर घेराउ गर्न पुगेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

सहकारी संस्थाका शेयर सदस्य भानुभक्त पाण्डेले बचतकर्ताको बचत ठगी गरेर फरार भएपछि बाध्य भएर अध्यक्ष र सचिवको घर घेराउ गरिएको बताए । उनले बिहीबार दिउँसो बचत अपचलन भएको विषयमा इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले दर्ता गर्न नमानेको बताए । सहकारीका उपाध्यक्ष, कोषाध्यक्ष, सदस्यहरु तथा विभिन्न शेयर सदस्यहरुले संयुक्त जाहेरी दर्ता गर्न खोज्दा पनि प्रहरीले लिन नमानेको उनले बताए ।

प्रहरीले दर्ता नलिएको जाहेरीमा माइन्यूट लगायत संस्थाका महत्वपूर्ण कागजातहरु अध्यक्ष र सचिवले च्यातेको समेत पाइएको उल्लेख गरिएको छ । साथै जनताको बचत तथा शेयर रकम अपचलन गरी ठगी गरेकोले व्यवस्थापक र सञ्चालक समितिका अध्यक्ष र सचिवको मिलिमतोमा किर्ते ऋणी खडा गरी ठगी गरी रहेको, निज दोषीहरुले आफ्नो नाममा रहेको चल–अचल सम्पत्ति अन्य आफन्त ब्यक्तिहरुको नाममा सारेको तथा सार्ने दुष्प्रयास गरिरहेको , आ–आफ्ना श्रीमतीहरुलाई सुनियोजित सम्बन्ध बिच्छेद लगायतका अनैतिक प्रयासहरु गरेको पाइएको उल्लेख छ । तसर्थ सेयर सदस्यहरुको रकम सुरक्षित गरिदिनको लागि निजहरुको जायजेथा(चल–अचल सम्पत्ति) रोक्का तथा देश बाहिर फरार हुन नदिनका लागि निजहरुलाई कानुन बमोजिम कडा भन्दा कडा कारवाहीको लागि माग गरिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक सहकारी ठगीको विषय सहकारी ऐन अन्तर्गत प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले लेखेर पठाउनुृ पर्ने बताए । रजिष्ट्रार कार्यालयबाट प्रारम्भिक अनुसन्धान भैरहेकाले त्यहाँबाट प्रतिवेदन आइसकेपछि बल्ल जाहेरी दर्ता लिन सकिने बताए । यद्यपि यस विषयमा सरकारी वकिल कार्यालयसँग राय लिने काम समेत भैरहेको भन्दै प्रहरी नायब उपरीक्षक रानाले त्यसपछि के गर्ने भन्नेबारे निर्णयमा पुगिने बताए ।

सहकारीका व्यवस्थापक वसन्त पराजुलीले मात्रै सहकारीको करिव १० करोड बचत अपचलन गरेको पाइएको बचतकर्ताहरुले बताएका छन् । उनले जेठ २ गते गरेको तमसुकमा विभिन्न व्यक्तिका नाममा करिव १० करोड क्रृण लिएको उल्लेख छ । व्यवस्थापक पराजुलीले श्रीमतीसँग नक्कली सम्बन्ध बिच्छेदको लागि ज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!