२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल र गौतमबीच भएको सहमति अनुसार आगामी साउन २ गते दुई दलबीच एकता हुने,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, आषाढ २७, २०८२

काठमाडौं । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान र माधव नेपाल नेतृत्वका नेकपा एकीकृत समाजवादीबीच एकता हुने भएको छ।

माधवकुमार नेपाल र वामदेव गौतमबी भएको सहमतिअनुसार आगामी साउन २ गते दुई दलबीच एकता हुने भएको हो। वामदेव नेकपाकालमा पार्टी विभाजन गर्न नहुने पक्षमा उभिएका थिए।

पछिल्लो समयसम्म उनले वामपन्थीहरुबीच एकताको लागि प्रयास गरेका थिए। योबीचमा वामदेव एमालेमा प्रवेश गर्ने हल्लासमेत चलेको थियो। तर, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेवलाई एमालेमा भित्र्याउन अनिच्छा गरेपछि वामदेवको बाटो एकीकृत समाजवादी पार्टीतर्फ मोडिएको हो।

यस सम्बन्धी सहमतिमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा दुवैको राजनीतिक सिद्धान्त मिलेको र नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नु पर्ने आजको ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै एकताबद्ध हुने सहमति गरेको उल्लेख छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!