२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

मधेश प्रदेश प्रहरीको नक्कली फेसबुक पेज सञ्चालनमा प्रहरीले गम्भीर अनुसन्धान गर्दै,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, आषाढ २७, २०८२

जनकपुरधाम । प्रहरी कार्यालयको नाम र लोगो प्रयोग गरी ‘Madheshpolice Janakpurdham’ नामक फेक पेजमार्फत भ्रामक सूचना र असम्बन्धित सामग्री पोस्ट गरिन थालेपछि बुधबार प्रहरीले एक विज्ञप्ति जारी गर्दै सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको हो ।

प्रहरीका अनुसार कार्यालयको आधिकारिक फेसबुक पेज भने ‘Madhesh Province Police Office, Janakpurdham’ हो, जसबाट मात्र कार्यालयका नियमित गतिविधि र सूचनाहरू सार्वजनिक गरिन्छ ।

तर फेक पेजबाट प्रहरीले नबोलेका र नगरेका विषयवस्तुहरू राखिँदै आएको जनाइएको छ । “फेक आईडीबाट फैलाइएका अफवाहहरूलाई लाइक, कमेन्ट वा शेयर नगर्न सबैमा अनुरोध गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

प्रहरीका अनुसार ३२०० बढी फलोअर भएको उक्त फेक पेजमा नेपाल प्रहरीको बर्दीमा रहेका एक व्यक्तिसहितका फोटोहरू प्रयोग गरिएका छन्, जुन १७ फेब्रुअरीमा जिल्ला प्रहरी कार्यालय, सप्तरीमा खिचिएको देखिन्छ ।

पेजमा केही पोस्टहरू प्रहरीसँग सम्बन्धित देखिए पनि अधिकांश सामग्री राजनीतिक विषयवस्तु र पछिल्लो घटनाक्रमसँग जोडिएका छन्, जसले प्रहरीलाई बदनाम गर्ने आशंका गरिएको छ ।

हाल फेक पेज सञ्चालनकर्ताको पहिचान गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!