२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्ज जमुनाहमा पहुँचवालाई छुट सशस्त्र प्रहरीद्वारा गरिबमाथि लाठीचार्ज

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २८, २०८२

 

बाँके । नेपालगन्ज नेपाल-भारत सीमा जमुनाहमा गरिबलाई रोकावट र धनि तथा पहुँचवालाई पुलिसकै स्कटिङमा तस्करीको समान पास दिने गरेकाे देखिएको छ ।

तर, गरिब, निमुखा र सर्वसाधारण नागरिक माथि भने यहाँको सशस्त्र प्रहरीले असुली आतङ्क मच्चाउँदै लाठीचार्ज गर्ने गरेकाे छ ।

जमुनाहमा पछिल्लो समय तस्करी, र असुली एक अर्काका प्रर्यावाची जस्तै बनेका छन । घरायसी सामान ल्याउनेबाट समेत सशस्त्र प्रहरीले चेकजाँचका निहुँमा असुली गर्ने र मागेकाे रकम नदिए लाठी चार्ज मात्रै हाेइन सामान नै जफत गर्ने गरेकाे नागरिकहरु बताउँछन् ।

यसमा नेपाल प्रहरी भन्दा पनि धेरै सशस्त्र प्रहरीले सक्रिय देखिएका छन । शसस्त्र प्रहरीले सामान्य नागरिकबाट ५० रुपैया देखि ५ सयसम्म असुली गर्ने गरेका छन ।

नागरिकमाथि अपशब्द प्रयाेग गर्ने, हातपात गर्नेदृखि चरम दादागिरी  मच्चाउँदै असुली गर्ने तर धनी र पहुँचवालेलाई पास नै दिएर तस्करी गर्न सेटिङ्ग मिलाउनेमा जमुनाहका प्रहरी सक्रिय देखिएको खुलेकाे छ । यस विषयमा सशस्त्र प्रहरी बल नेपाल ३० न. गण हेड क्वाटर बागेश्वरी बाँकेका गणपति एसपी शोभाकान्त खनालले पेय पदार्थहरु लगायतलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिए पछी सशस्त्र प्रहरीलाई नागरिकहरुले अबरुद्ध गरेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!