काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा सरकारी प्रतिनिधिमण्डलबाहेक अन्य व्यक्तिहरूको संलग्नताबारे गम्भीर प्रश्न उठिरहेका बेला गृहमन्त्री रमेश लेखकले छानबिन गर्न निर्देशन दिएका छन्।
सोमबार बिहान गृहमन्त्री लेखकले गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई उक्त विषयमा निष्पक्ष छानबिन गर्न निर्देशन दिएका हुन्।
‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन कस–कसले गएरु कुन विधि र कुन संस्थामार्फत स्पेन पुगे ? जानका लागि भिजिट भिसाको प्रबन्ध कसले ग¥यो ? यस्ता सबै पक्षमा अनुसन्धान हुने छ’, गृहमन्त्री लेखकले बताएका छन्।
छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) र मानव बेचबिखन अनुसन्धान ब्युरोलाई खटाइने भएको छ। गृहमन्त्री लेखकले यस विषयमा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए। भ्रमणको क्रममा प्रतिनिधिमण्डलसँगै गैर–सरकारी व्यक्तिहरूको सहभागिता भएको आशंका उठेपछि यस विषयमा छानबिन सुरु गरिएको हो।