२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नक्कली नोट र १९ किलो अफिमसहित २ जना बाँकेको कोहलपुरबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ ३१, २०८२

बाँके । कोहलपुर लागुऔषधको अखडा बन्दै गएको ब्यापक जनगुनासोकाविच कोहलपुर प्रहरीलाई ठुलो सफलता मिलेको छ । कोहलपुर प्रहरी प्रमुखकारुपमा लक्ष्मि खनाल आएपछि पहिलो पटक यती ठुलो सफलता मिलेको हो ।

आज विहान कोहलपुर ११ बाट अफिम र नक्कली नोट सहित आफुलाई पत्रकार वताउने मान वहादुर साकारले लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट र १९ किलो अफिम वरामद गरेपछि प्रहरीलाई ठेलो सफलता मिलेको वताईएको छ ।

कालिकोट घर भएका  आफुलाई पत्रकार भनि चिनाउने साकारलाई सुर्खेतबाट खटिएको अनुसन्धान ब्युरोको टोलीले कोहलपुर ११ मा कार्यालय रहेको जनगर्जन नेटवर्क प्रालिको कार्यकक्षवाट नेपाली १००० का ५१ थान नक्कली नोट र १९ किलो अफिम वरामद गरेको हो । कार्यालय परिसरमा यत्रो परिनामको लागु औसध र नक्कली नोट फेला परेपछि साकारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।

साकारसंगै रुकुम बाँफिकोट गाउँपालिका वडा नं. १० की सपना पुन समेत पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पुन भरियाकारुपमा आएको हुनसक्ने अनुमान गरिएको भएपनि अनुसन्धानपछि मात्र सबै कुरा खुल्ने प्रहरी अधिकारीको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]