बाँके । कोहलपुर लागुऔषधको अखडा बन्दै गएको ब्यापक जनगुनासोकाविच कोहलपुर प्रहरीलाई ठुलो सफलता मिलेको छ । कोहलपुर प्रहरी प्रमुखकारुपमा लक्ष्मि खनाल आएपछि पहिलो पटक यती ठुलो सफलता मिलेको हो ।
आज विहान कोहलपुर ११ बाट अफिम र नक्कली नोट सहित आफुलाई पत्रकार वताउने मान वहादुर साकारले लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट र १९ किलो अफिम वरामद गरेपछि प्रहरीलाई ठेलो सफलता मिलेको वताईएको छ ।
कालिकोट घर भएका आफुलाई पत्रकार भनि चिनाउने साकारलाई सुर्खेतबाट खटिएको अनुसन्धान ब्युरोको टोलीले कोहलपुर ११ मा कार्यालय रहेको जनगर्जन नेटवर्क प्रालिको कार्यकक्षवाट नेपाली १००० का ५१ थान नक्कली नोट र १९ किलो अफिम वरामद गरेको हो । कार्यालय परिसरमा यत्रो परिनामको लागु औसध र नक्कली नोट फेला परेपछि साकारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ ।
साकारसंगै रुकुम बाँफिकोट गाउँपालिका वडा नं. १० की सपना पुन समेत पक्राउ परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । पुन भरियाकारुपमा आएको हुनसक्ने अनुमान गरिएको भएपनि अनुसन्धानपछि मात्र सबै कुरा खुल्ने प्रहरी अधिकारीको भनाई रहेको छ ।