२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बुधबार तपाईंको राशिफल

Logo
ABC-Sanchar प्रकाशित बुधबार, आषाढ ३२, २०८२

मेष-साथीसङ्गत र सामाजिक काममा मन जानेछ। बुद्धिको प्रयोग गरेर काम गर्दा सफलता मिल्नेछ। बोलीमा मधुरता राख्नुहोस्।

वृष-काममा प्रशंसा पाइनेछ। परिवार र साथीको साथ मिल्नेछ। अरुलाई सहयोग गर्दा फाइदा हुनेछ।

मिथुन-नयाँ कुरामा सिक्ने अवसर मिल्नेछ। विदेश वा उच्च अध्ययनको योजना बनेको छ भने अगाडि बढ्न सकिन्छ। आत्मविश्वास बढ्नेछ।

कर्कट-अलिकति चिन्ता बढ्न सक्छ। ऋण वा सम्पत्तिको कुरामा सतर्क रहनुहोस्। नकारात्मक सोच त्याग्नुपर्छ।

सिंह-साझेदारीमा लाभ मिल्नेछ। घरपरिवारमा खुसी बढ्नेछ। प्रेममा गहिरो समझदारी हुनेछ।

कन्या-स्वास्थ्यमा कमजोरी आउन सक्छ। काममा ढिलाइ हुन सक्छ। व्यवस्थित ढंगले काम गर्नु उपयुक्त हुन्छ।

तुला-मन रमाउनेछ। पढाइ र सिर्जनामा राम्रो ध्यान लाग्नेछ। प्रेममा मिठास आउने दिन।

वृश्चिक-घरपरिवारमा सानोतिनो झगडा हुन सक्छ, तर सम्झदारीले मिलाउन सकिन्छ। बोल्दा सजग रहनुहोस्।

धनु-सन्देश, लेखन वा पढाइमा राम्रो दिन। सानो यात्राको सम्भावना। आत्मबल बढ्नेछ।

मकर-धन आउन सक्छ तर खर्च पनि बढ्न सक्छ। परिवारमा सामान्य असमझदारी हुन सक्छ। संयमित व्यवहार आवश्यक छ।

कुम्भ-चन्द्र–शनि सँगै भएकाले मन अलिक गम्भीर हुनेछ। काममा ध्यान दिन गाह्रो हुन सक्छ। एकान्त वा ध्यान फाइदाजनक।

मीन-गोप्य कुरा लुकाउनु पर्ला। विचारमा चञ्चलता आउन सक्छ। नकारात्मक सोच हटाएर सकारात्मक कार्यमा लाग्नु राम्रो।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]