२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सुर्खेत प्रहरीले ठूलो मात्रामा नक्कली नोट र लागूऔषध अफिमसहित पाँच जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ३२, २०८२

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एकैसाथ नक्कली नोट कारोबार तथा लागुऔषध कारोबारमा संलग्नहरूलाई पक्राउ गर्दै ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरी, ३३ वर्षीय रामबहादुर सिंह, भेरीगंगा नगरपालिका–१२ ठकुरीटोलमा डेरा गरी बस्ने ३५ वर्षीय कृष्णबहादुर वली, ३८ वर्षीय प्रेमबहादुर बिक र बाँके कोहलपुर नगरपालिका–११ मा जनगर्जन नेटवर्क प्रालि नामक मिडिया सञ्चालन गर्दै आएका ३४ वर्षीय मनबहादुर सहकारी रहेका छन्।

प्रहरीले दिएको जानकारीअनुसार, असार ३० गते दिउँसो १:३० बजे वीरेन्द्रनगर–१० शान्तिटोलबाट ठकुरीलाई ६ थान हजार दरका नक्कली नोटसहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा सोही दिन साँझ रामबहादुर सिंह र ठकुरीको डेराबाट थप १२ लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोटहरू फेला पारिएको प्रहरीको भनाइ छ।

त्यसैगरी, असार ३० गते राति थप अनुसन्धानको क्रममा भेरीगंगा–१२ ठकुरीटोलमा डेरा गरी बस्ने कृष्णबहादुर वली र प्रेमबहादुर बिकलाई पक्राउ गरी खानतलासी गर्दा उनीहरूको साथबाट ११ पोका गिलो पदार्थ (अफिम जस्तो देखिने) गरी कुल ११ किलो ३७२ ग्राम लागुऔषध बरामद गरिएको प्रहरीको दाबी छ।

असार ३१ गते बिहान ८:३० बजे लागुऔषध तथा नक्कली नोट सम्बन्धी अनुसन्धानका क्रममा कोहलपुर नगरपालिका–११ स्थित न्युरोडमा रहेको मनबहादुर सहकारीको मिडिया कार्यालय तथा बसोबास गरिरहेको कोठाबाट प्रहरीले थप ५१ हजार रुपैयाँ बराबरको नक्कली नोट, १९ किलो ३०० ग्राम लागुऔषध, नोट बनाउने क्यानन प्रिन्टर, कम्प्युटर सेट, क्यामेरा, कार्ड डिटर, चिप्स मेमोरीजस्ता सामग्रीहरू समेत फेला पारेको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनजंग बुढाथापाका अनुसार, पक्राउ परेकामाथि लागुऔषध तथा मुद्रा अपचलन सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]