२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

खानेपानीको हाहाकार भएको मधेश प्रदेशको जिल्लामा दमकल र ट्यांकरको सहायताले पानी वितरण,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, आषाढ ३२, २०८२

 

पर्सा । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा दमकल आज मुख्यमन्त्री सतिश कुमार सिंहले खानेपानी संकटग्रस्त क्षेत्रमा पठाएका हुन् । खानेपानी आपूर्ति गरी जनतालाई तत्काल राहत पुग्ने उदेश्यले दमकल परिचालन गरिएको मुख्यमन्त्री सिंहले बताए ।

ती दमकल ५ हजार लिटर क्षमताका छन् । एकपटकमा ४० हजार लिटर पानी वितरण गरिनेछ । आगो नियन्त्रण गर्ने दमकल अहिले देखिएको खानेपानी संकट निवारण गर्न उपयोगी साबित हुने प्रदेश सरकारले विश्वास जनाएको छ । खानेपानी आपूर्ति गर्न नेपानी सेना खटेका छन् । दमकलहरू २४ सै घण्टा प्रभावित क्षेत्रमा परिचालित हुने र त्यसको सञ्चालन नेपाली सेनाले गर्ने बताइएको छ ।

मुख्यमन्त्री सिंहले नेपाली सेनाको सहकार्यमा दमकल परिचालन गरिएको जानकारी दिए । उनका अनुसार नेपाली सेनाले थप ७ वटा ट्याङ्कर र एउटा दमकल पठाउने तयारी गरिरहेको छ।

यसवर्ष लामो समयदेखि वर्षा नभएकाले मधेश खडेरीको चपेटामा छ । यस प्रदेशमा करिब २० प्रतिशत जग्गामा मात्र धान रोपाइ भएको छ । यसवर्ष मधेसका जनताले खाद्यान्न संकटको सामना गर्नुपर्ने देखिन्छ । सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

वर्षा नभएकै पानीको सतह घटेर कल र बोरिङ सुक्न थालेको छ । खासगरी प्रदेशको उत्तरी भेगमा खानेपानीको हाहाकार भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!