१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

खानेपानीको हाहाकार भएको मधेश प्रदेशको जिल्लामा दमकल र ट्यांकरको सहायताले पानी वितरण,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, आषाढ ३२, २०८२

 

पर्सा । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार प्रदेश सरकारसँग रहेका ८ वटा दमकल आज मुख्यमन्त्री सतिश कुमार सिंहले खानेपानी संकटग्रस्त क्षेत्रमा पठाएका हुन् । खानेपानी आपूर्ति गरी जनतालाई तत्काल राहत पुग्ने उदेश्यले दमकल परिचालन गरिएको मुख्यमन्त्री सिंहले बताए ।

ती दमकल ५ हजार लिटर क्षमताका छन् । एकपटकमा ४० हजार लिटर पानी वितरण गरिनेछ । आगो नियन्त्रण गर्ने दमकल अहिले देखिएको खानेपानी संकट निवारण गर्न उपयोगी साबित हुने प्रदेश सरकारले विश्वास जनाएको छ । खानेपानी आपूर्ति गर्न नेपानी सेना खटेका छन् । दमकलहरू २४ सै घण्टा प्रभावित क्षेत्रमा परिचालित हुने र त्यसको सञ्चालन नेपाली सेनाले गर्ने बताइएको छ ।

मुख्यमन्त्री सिंहले नेपाली सेनाको सहकार्यमा दमकल परिचालन गरिएको जानकारी दिए । उनका अनुसार नेपाली सेनाले थप ७ वटा ट्याङ्कर र एउटा दमकल पठाउने तयारी गरिरहेको छ।

यसवर्ष लामो समयदेखि वर्षा नभएकाले मधेश खडेरीको चपेटामा छ । यस प्रदेशमा करिब २० प्रतिशत जग्गामा मात्र धान रोपाइ भएको छ । यसवर्ष मधेसका जनताले खाद्यान्न संकटको सामना गर्नुपर्ने देखिन्छ । सरकारले प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।

वर्षा नभएकै पानीको सतह घटेर कल र बोरिङ सुक्न थालेको छ । खासगरी प्रदेशको उत्तरी भेगमा खानेपानीको हाहाकार भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!