२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रदेश प्रहरीलाई विपद् व्यवस्थापन गर्न अत्याधुनिक उपकरणहरू हस्तान्तरण,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ३२, २०८२

दाङ । भालुवाङ लुम्बिनी प्रदेश सरकारले विपद् व्यवस्थापन, सडक सुरक्षा र अपराध नियन्त्रणमा प्रविधिमैत्री क्षमता अभिवृद्धि गर्न नेपाल प्रहरीलाई अत्याधुनिक उपकरणहरू हस्तान्तरण गरेको छ। दाङ उपत्यका देउखुरी मा आयोजित कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवालले लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्रप्रसाद भट्टलाई सामग्रीहरू हस्तान्तरण गरेका हुन।

प्रहरीलाई हस्तान्तरण गरिएको सामग्रीहरु

(१)४ थान कृत्रिम बुद्धिमत्ता एआई क्यामेरा

(२)४ थान नम्बर प्लेट चिन्ने क्यामेरा

(३) २ थान मोनिटर,

(४)२ थान फाइबर मोड्युल स्विच

(५)४ थान फलामका पोल

(६)रातको समयमा दृश्य स्पष्ट देखिने ४ थान बत्ती,

(७)१ हजार मिटर अप्टिकल फाइबर

(८)२ थान पोल यु।पी।एस

(९)४ थान इन्टरनेट चलाउन सहयोग गर्ने पिओई स्विच

(१०)१ थान केन्द्रीय निगरानी तथा भिडियो व्यवस्थापन सफ्टवेयर प्रदान गरिएको हो।

(११)२ थान ब्याट्रीसहित युपीएससहित

सुरक्षाको थप मजबूतीका लागि प्रयोग गरिने

(१)२ थान ड्रोन क्यामेरा,२६५ जीबीको एसडी कार्ड समेत

(२)२ थान वाकथ्रु गेट

(३)२ थान एभीआर

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री अग्रवालले प्रविधिको प्रयोगमार्फत सुरक्षामा दक्षता र प्रभावकारिता बढाउने उद्देश्यले यस्ता उपकरणहरू उपलब्ध गराइएको जानकारी दिए।यस्तै मन्त्रालयमा आयाेजित अर्काे कार्यक्रम मनसुन पुर्व तयारी तथा प्रतिकार्य याेजना २०८२ माननीय मन्त्री ज्युकाे अध्यक्षतामा सम्पन्न भयाे,साे कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव ,सबै मन्त्रालयका सचिवहरु,सुरक्षा निकायका प्रमुखहरु,पालिका महासंघका प्रतिनिधि र सराेकारवाला पक्षकाे उपस्थिति थियाे,माननीय मन्त्री ज्युले मनसुनजन्य विपदबाट धनजनकाे क्षति हुन नदिन सुरक्षा निकाय लाई निर्देशन तथा अन्य सराेकारवाला पक्ष लाई पनि आ-आफ्नो तवरबाट सहयाेग गर्न  र  अनुराेध  गरेका हुन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]