२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

गृह मन्त्रालयले सशस्त्र प्रहरीको डीआईजीमा मनीष थापालाई बढुवा सिफारिस

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, आषाढ ३२, २०८२

 

काठमाडौं । बुधबार बसेको बढुवा समितिको बैठकले रिक्त एक डीआईजीमा बढुवाका लागि सिफारिस गरेको हो। डीआईजी गणेश ठाडा मगर एआईजीमा बढुवा भएपछि सशस्त्रमा एउटा डीआईजी पद रिक्त भएको थियो।डीआईजीमा बढुवा सिफारिस भएका थापा सशस्त्र प्रहरी निरीक्षकमा भर्ना भएको पहिलो ब्याचका हुन्। यो ब्याचका मनिष थापासँगै प्रकाश थापा र विनोदराज श्रेष्ठ एसएसपी छन्।


तर प्रकाश र विनोदराजले स्टाफ कलेज गरेका छैनन्। सशस्त्र प्रहरीमै भर्ना भएको टोलीलाई डीआईजीमा बढुवा हुन स्टाफ कलेज अनिवार्य छ। यस्तै नेपाल प्रहरीको प्राविधिक सईबाट आएका कृष्णराज पाठक पनि अहिले एसएसपी छन्। उनी अहिलेका एसएसपीमा सबैभन्दा सिनियर थिए। तर यसअघि नै दुई ब्याचले पछि पारिसकेका थिए। उनीभन्दा पछाडिका सशस्त्र प्रहरीको पहिलो ब्याचका सबै र दोस्रो ब्याचका पनि दीपेन्द्र कुँवर र विष्णु भट्ट डीआईजी भइसकेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!