२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बिहीबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन ०१, २०८२

मेष -बौद्धिक काममा रुचि बढ्नेछ। अध्ययन, लेखन र शिक्षण कार्यमा सफलता मिल्नेछ। भाइबहिनीसँग आत्मीयता बढ्नेछ। यात्रा र सवारीमा सावधानी अपनाउनु राम्रो।

वृष:-धनलाभको सम्भावना छ। स्वरोजगार वा व्यापारमा केही फाइदा देखिन्छ। घरपरिवारसँग आत्मीयता बढ्नेछ। तर वाणीमा संयमता राख्नु राम्रो।

मिथुन:-चन्द्रमा राशिमा भएकाले ऊर्जा र आत्मविश्वास बढ्नेछ। नयाँ योजना बनाउन उपयुक्त समय छ। आफ्नो कुरामा दृढ रहनुहोस्, अरूको प्रभावमा नपर्नु।

कर्कट:-मन केही कमजोर रहन सक्छ। गोप्य शत्रुबाट सजग रहनुहोस्। ध्यान, साधना वा एकान्तमा समय बिताउँदा शान्ति मिल्नेछ। खर्च बढ्न सक्छ।

सिंह:-साथीभाइको सहयोग पाउने समय छ। समूहमा काम गर्दा फाइदा हुनेछ। सामाजिक काममा सहभागी बन्ने मौका मिल्न सक्छ। आकस्मिक लाभको सम्भावना पनि छ।

कन्या:-पेशा र कर्तव्यप्रति जिम्मेवारी बढ्नेछ। उच्च पदस्थ व्यक्तिसँग भेटघाटको अवसर मिल्न सक्छ। काममा सराहना पाइने सम्भावना छ। अहंकारबाट बच्नु उपयुक्त।

तुला:-धार्मिक वा बौद्धिक कार्यमा मन जानेछ। यात्रा लाभदायक हुनेछ। गुरु वा वरिष्ठ व्यक्तिको सहयोग पाइनेछ। भाग्यले साथ दिने दिन।

वृश्चिक:-विनियोजन र ऋणसम्बन्धी विषयमा सजग रहनुहोस्। जीवनसाथी वा साझेदारसँग छलफल आवश्यक पर्न सक्छ। मानसिक तनावबाट जोगिन ध्यान दिनुहोस्।

धनु:-साझेदारीमा सफलता मिल्नेछ। वैवाहिक जीवनमा सुधार आउने संकेत। जनसम्पर्क बढ्नेछ, तर निर्णयमा धैर्य अपनाउनुहोस्।

मकर:-दिनचर्या व्यवस्थित बनाउने समय हो। स्वास्थ्यमा सानो कमजोरी देखिन सक्छ, खानपानमा ध्यान दिनुहोस्। सेवासम्बन्धी कार्यमा फाइदा हुनेछ।

कुम्भ:-मन रमाउनेछ, सृजनात्मक काममा रुचि बढ्नेछ। प्रेम र सन्तानको विषयमा सन्तोष मिल्नेछ। खेलकुद वा मनोरञ्जनमा समय बित्नेछ।

मीन:-घरपरिवारप्रति झुकाव बढ्नेछ। पारिवारिक जिम्मेवारीमा ध्यान जान्छ। स्थायी सम्पत्तिमा छलफल वा निर्णयको योग छ। मातापिता वा वयोवृद्धसँग सम्बन्ध सुधार हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।