२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बिहीबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन ०१, २०८२

मेष -बौद्धिक काममा रुचि बढ्नेछ। अध्ययन, लेखन र शिक्षण कार्यमा सफलता मिल्नेछ। भाइबहिनीसँग आत्मीयता बढ्नेछ। यात्रा र सवारीमा सावधानी अपनाउनु राम्रो।

वृष:-धनलाभको सम्भावना छ। स्वरोजगार वा व्यापारमा केही फाइदा देखिन्छ। घरपरिवारसँग आत्मीयता बढ्नेछ। तर वाणीमा संयमता राख्नु राम्रो।

मिथुन:-चन्द्रमा राशिमा भएकाले ऊर्जा र आत्मविश्वास बढ्नेछ। नयाँ योजना बनाउन उपयुक्त समय छ। आफ्नो कुरामा दृढ रहनुहोस्, अरूको प्रभावमा नपर्नु।

कर्कट:-मन केही कमजोर रहन सक्छ। गोप्य शत्रुबाट सजग रहनुहोस्। ध्यान, साधना वा एकान्तमा समय बिताउँदा शान्ति मिल्नेछ। खर्च बढ्न सक्छ।

सिंह:-साथीभाइको सहयोग पाउने समय छ। समूहमा काम गर्दा फाइदा हुनेछ। सामाजिक काममा सहभागी बन्ने मौका मिल्न सक्छ। आकस्मिक लाभको सम्भावना पनि छ।

कन्या:-पेशा र कर्तव्यप्रति जिम्मेवारी बढ्नेछ। उच्च पदस्थ व्यक्तिसँग भेटघाटको अवसर मिल्न सक्छ। काममा सराहना पाइने सम्भावना छ। अहंकारबाट बच्नु उपयुक्त।

तुला:-धार्मिक वा बौद्धिक कार्यमा मन जानेछ। यात्रा लाभदायक हुनेछ। गुरु वा वरिष्ठ व्यक्तिको सहयोग पाइनेछ। भाग्यले साथ दिने दिन।

वृश्चिक:-विनियोजन र ऋणसम्बन्धी विषयमा सजग रहनुहोस्। जीवनसाथी वा साझेदारसँग छलफल आवश्यक पर्न सक्छ। मानसिक तनावबाट जोगिन ध्यान दिनुहोस्।

धनु:-साझेदारीमा सफलता मिल्नेछ। वैवाहिक जीवनमा सुधार आउने संकेत। जनसम्पर्क बढ्नेछ, तर निर्णयमा धैर्य अपनाउनुहोस्।

मकर:-दिनचर्या व्यवस्थित बनाउने समय हो। स्वास्थ्यमा सानो कमजोरी देखिन सक्छ, खानपानमा ध्यान दिनुहोस्। सेवासम्बन्धी कार्यमा फाइदा हुनेछ।

कुम्भ:-मन रमाउनेछ, सृजनात्मक काममा रुचि बढ्नेछ। प्रेम र सन्तानको विषयमा सन्तोष मिल्नेछ। खेलकुद वा मनोरञ्जनमा समय बित्नेछ।

मीन:-घरपरिवारप्रति झुकाव बढ्नेछ। पारिवारिक जिम्मेवारीमा ध्यान जान्छ। स्थायी सम्पत्तिमा छलफल वा निर्णयको योग छ। मातापिता वा वयोवृद्धसँग सम्बन्ध सुधार हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!