कैलाली । प्रहरी नायब निरीक्षक श्याम राज बोहराको पहलमा श्री बर्दगोरिया गाँउपालिका, बौनिया बजार व्यवस्थापन समिति, विभिन्न-संघ-संस्थाहरू, स्थानीय जन समुदाय तथा ट्राफिक प्रहरीको संयूक्त सहयोगमा यस अस्थायी ट्राफिक प्रहरी पोष्ट सडकपुर, बौनिया कैलालीको नवनिर्मित भवनको बर्दगोरिया गाउँपालिका अध्यक्ष श्री कर्ण बहादुर कुँवर ज्यू र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. डम्बर बहादुर वि.कद्वारा समुद्घाटन सु-सम्पन्न भयो । उक्त समुदघाटन कार्यक्रममा प्रदेश प्रहरी प्रमुखले आ-आफ्नो जिम्मेवारी त्रुटी रहित ढङ्गले निर्वाह गर्न निर्देशन दिनु भयो ।