१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

ईप्रका भालुवाङ दाङले भन्सार छली ल्याइएका डेढ लाख बढीको सामान बरामद गरि भन्सार बुझायो

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन ०१, २०८२

दाङ । बुधवार ईलाका प्रहरी कार्यालय भालुवाङको टोलीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत भालुवाङ पुल्चोकमा चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ख ०२४५ नम्बरको यात्रुवाहक बस जाँच गर्दा भन्सार छली ल्याइएका १ लाख ५७ हजार ६ सय ४५ रुपैयाँ बराबरको विभिन्न प्रकारका सामानहरू फेला पारी बरामद गरेको प्रहरी निरिक्षक पुष्करसिंह ऐरीले जानकारी दिएका छन् ।

प्रहरीले युरिया मल ९ बोरा, किसमिस १५ पिस, खजुर ५ पिस, चोको स्ट्रिक ५ पिस, डबल क्रिम रोयल क्याण्डि ४५ पिस, परिवर आलमोन्ड्स ६० पिस, ओरियो बिस्कुट १२ प्याकेट, स्वीटी सुपारी ११० पिस, टिन्का जिरा ५४ प्याकेट, डेरी किस चकलेट ८ प्याकेट, तुलसी रोयल चिया ५ प्याकेट, बिश्वास काजु ५० प्याकेट, गोल्डी मिट मसला १० प्याकेट, गोल्डी गरम मसला १० प्याकेट, पमकिन सिड ७ प्याकेट, इलाईची चिया ४ प्याकेट, डेरी मिल्क १ बक्स, डेरी मिल्क सानो ३ प्याकेट, डेट क्राउन फ्रड ४ प्याक, ओभल पापड (पानी पुरी) ४१ प्याकेट, रेडबुल २१ पिस, तुलसी चिया ३ प्याकेट, फ्रुटो पप (ललिपप) २२ प्याकेट, गोल्डी मसला २१ प्याकेट, चुइङ टोबाको १० प्याकेट, पान मसला (कमला पसन्दा) ६१२ पिस, पान मसला (कमला पसन्दा–कालो) ३५१ पिस, सुतन काजु २० प्याकेट, र सुतिको तन्ना ७८ पिस लगायतका समान बरामद गरेको छ । बरामद गरिएका उक्त सामानहरु आवश्यक कारबाहीको लागि कोइलाबास भन्सार कार्यालयमा बुझाएको प्रहरी निरिक्षक ऐरीले बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!