२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

वीरगञ्जको सिर्सिया स्थित सुक्खा बन्दरगाह भन्सार र वीरगञ्ज भन्सार कार्यालय गाभियो

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, साउन ०१, २०८२

 

पर्सा । बिरगंज सङ्घीय सरकारको निर्णयअनुसार साउन १ गतेदेखि दुई भन्सार कार्यालय एकीकृत गरी वीरगञ्ज भन्सार कार्यालयको नाममा सेवा प्रवाह सुरु भएको छ । यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लाबेग्लै संरचनाका रूपमा सञ्चालित थिए ।

आईसीपीबाट मालवाहक सवारीसाधनमार्फत वैदेशिक व्यापारअन्तर्गत वस्तु आयात-निर्यात हुँदै आएको थियो भने सुक्खा बन्दरगाह भन्सार कार्यालयले रेल्वे र्‍याकमार्फत सामान आयात-निर्यातको काम गर्दै आएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले मन्त्रिपरिषद्को २०७६ पुसको निर्णय कार्यान्वयन गर्दै दुवै भन्सार कार्यालयलाई एकीकृत गरिएको जानकारी दिए । “एउटै नाकामा तीन वटा भन्सार सञ्चालनको आवश्यकता नरहेको ठहर गर्दै सरकारले सुक्खा बन्दरगाहलाई वीरगञ्ज भन्सार मातहत ल्याउने र मितेरी पुल–रक्सौल नाकालाई यात्रु शाखामा सीमित गर्ने नीति लिएको छ,” उनले भने ।

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले भन्सार विभागको पत्राचारअनुसार साउन १ गतेदेखि सुक्खा बन्दरगाह भन्सार खारेज गरी आईसीपीबाट एकीकृत सेवा प्रवाह सुरु भएको बताए । “वैदेशिक व्यापारलाई थप सहज बनाउन दुवै भन्सारलाई गाभिएको हो,” उनले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]