१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

वर्षा नहुँदा पश्चिम नवलपरासीमा रोपेको धान खेतमा सुक्न र माटो फाट्न थाल्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन ०१, २०८२

 

पश्चिम् नवलपरासी । पर्याप्त सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्दे आएका किसानहरू अहिले धान रोपेको खेत सुख्खा भएपछि चिन्तित बनेका छन् । अधिकांश स्थानमा अहिले खेतमा चिरा परेको छ भने भर्खर रोपेको धान पहेँलिन थालेको छ ।

वर्षा नहुँदा धानको वृद्धि विकासमा असर पर्ने र गाँज हाल्न नसक्दा उत्पादन कम हुने जोखिम रहेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख रविन्द्रनाथ चौवेले बताए । खेत सुख्खा हुँदा धेरै झारपात उम्रने र धान बालीलाई असर गर्ने सम्भावना समेत हुन्छ । ‘पानी नपर्दा खेत सुख्खा भएको छ, अझै समय त छ तर बाली पहेँलिन थालेकाले तत्कालै पानी नपरे धान खेतीमा ठुलो क्षति हुन सक्छ, प्रमुख चौवेले भने ।’

जिल्लामा २१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा अहिले सम्म ९० प्रतिशत रोपाइँ सकिएको छ । धान रोप्न बाँकी भएका किसान पनि खेतमा तयार भएको ब्याड सुक्न थालेपछि चिन्तित भएका छन् । सुनवल–२ का कृषक हरिलाल गुप्ताले दुई बिगाहा खेतमा धान रोप्न बाँकी रहेको बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले कुलो व्यवस्थापन गरिदिएका कारण गाउँमा केही स्थानमा रोपाइ भएको भए पनि पानी नपर्दा कुलोमा पनि पानी सुक्न थालेको गुप्ताले बताए । किसानहरूले खाल्डाखुल्डीमा जमेको पानी तानेर रोपाइँ गरेको भए पनि पर्याप्त वर्षा नहुँदा रोपेको धान सुक्दै गएको छ ।

पश्चिम नवलपरासी सहित तराईका जिल्लामा केही दिन देखि चर्को घाम लागेको छ । जिल्लामा तिनै तहका सरकारले सिँचाइ पूर्वाधार निर्माण गरेको भए पनि त्यो पर्याप्त हुन सकेको छैन । जिल्लामा अझै आधा बढी खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको अभाव छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!