१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

पाकिस्तानमा भीषण वर्षापछि चौबीस घण्टामै ६३ जनाको मृत्यु २९० जना घाइते,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ०२, २०८२

 

काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले जनाएको छ ।

राजधानी इस्लामवाद नजिकैको सहर रावलपिण्डीमा मानिसहरू सुरक्षित रहून् भनेर बिहीबार सार्वजनिक बिदा समेत दिइएको थियो । सहरभित्रको नदी खतरा तहमा पुगेपछि किनाराका बासिन्दालाई दिउँसै सुरक्षित स्थानमा सारिएको थियो । पञ्जाबकी मुख्यमन्त्री मरियम नवाजले प्रान्तभरि आपत्काल घोषणा गरेकी छन् ।

पाकिस्तानभर मनसुन सुरु भएको जुन अन्त्यदेखि अहिलेसम्म झन्डै १८० जनाको मृत्यु भइसकेको छ, जसमा अधिकांश बालबालिका छन् । पञ्जाबका विभिन्न क्षेत्रमा बाढीले एक्सप्रेस-वे बन्द गराएका छन् भने दर्जनौँ उडानहरू रद्द वा ढिला भएका छन् ।

चकवाल सहरमा २४ घण्टामै ४०० मिमि वर्षा भएपछि स्थिति गम्भीर भएको छ । उद्धारकर्ताहरू डुङा र हेलिकप्टरमार्फत बाढीमा फसेका मानिसहरूको खोजी गर्दै छन् । करिब २५ करोड जनसङ्ख्या भएको पाकिस्तान जलवायु परिवर्तनबाट विश्वमै सबैभन्दा धेरै प्रभावित हुने देशहरूमध्ये पर्दछ ।

सन् २०२२ मा आएको बाढीले देशको एक तिहाइ भूभाग डुबाएको थियो । त्यति बेला १ हजार ७०० जनाको मृत्यु भएको थियो भने ३० अर्ब डलरभन्दा बढीको आर्थिक क्षति भएको रिपोर्ट छ । एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!