१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ०२, २०८२

सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा

काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए।

प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ।

सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठेको छ ।

सुनसरीको रामधुनी नगरपालिकास्थित प्रस्तावित इलाका प्रहरी कार्यालयले प्रयोग गर्ने को १ ब २३३४ नम्बरको सरकारी मोटरसाइकल ठगी तथा चोरीमा संलग्न विवादित पृष्ठभूमिका बराहक्षेत्र नगरपालिकाका सुवास पौडेलले प्रयोग गरिरहेको भेटिएको हो ।

प्रहरीको मोटरसाइकलमा हिँडिरहेका पौडेललाई बुधबार स्थानीयले झुम्का बजारबाट नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका छन् ।

पक्राउ परेका पौडेलले आफू प्रहरीको डिएसपी भएको भनी ठगी गर्ने, झुक्याउने र मोबाइल चोरी गर्ने गतिविधि गर्दै आएको थाहा पाएपछि प्रहरीको जिम्मा लगाइएको स्थानीय व्यवसायी शम्भु बस्नेतले बताए ।

उनले भने, ‘आफूलाई डिएसपी हुँ भन्दै हिँड्ने मान्छे प्रहरीकै मोटरसाइकलमा देखेपछि हामीलाई शंका लाग्यो,’ बस्नेतले भने, ‘ठग्ने र चोरी गर्ने व्यक्ति रहेको हामीले बुझेपछि प्रहरीलाई बुझाएका हौँ ।’

त्यस्तै, चोरीमा संलग्न व्यक्तिले प्रहरीकै मोटरसाइकल प्रयोग गर्नुले गम्भीर शंका उब्जाएको रामधुनी—५ का पूर्व वडा अध्यक्षसमेत रहेका घटनाका प्रत्यक्षदर्शी डेगराज फुँयालले बताए । उनले भने, ‘चोरीमा संलग्न व्यक्तिले बजार क्षेत्रमा खुलेआम प्रहरीकै बाइक प्रयोग गरेर हिँड्नुले सुरक्षा निकायको भूमिकामा गम्भीर शंका उब्जाएको छ । घटनाबारे छानविन हुनु जरुरी छ ।’

पक्राउ परेका पौडेलले पछिल्लो समय स्थानीय एक महिलाको मोबाइल चोरी गरेको इलाका प्रहरी कार्यालय पकलीका प्रमुख प्रहरी निरीक्षक लेखनाथ दाहालले पुष्टि गरे । चोरी गरिएको मोबाइल बिहीबार सम्बन्धित पक्षलाई फिर्ता गरिएको उनले जानकारी दिए ।

प्रहरी निरीक्षक दाहालका अनुसार पक्राउ परेका पौडेलको पृष्ठभूमि हेर्दा ठगी धन्दामा संलग्न रहेको पाइएको छ । २०८० कार्तिक ४ मा उनलाई बराहक्षेत्रको महेन्द्र नगर इलाकाले पक्राउ गरेर ठगी मुद्दा चलाएको थियो भने त्यसको करिब २ महिनापछि इप्रका पकलीलेसमेत ठगी मुद्दा चलाएको पाइएको छ ।

प्रहरी निरीक्षक दाहालले भने, ‘पक्राउ परेका व्यक्ति विभिन्न समयमा ठगीमा संलग्न भएको पाइएको छ । पटक पटक ठगी गरेको आरोपमा यसअघि पनि पक्राउ परेका रहेछन् । उनी कारागारसमेत परिसकेका व्यक्ति हुन् भन्ने बुझिएको छ । थप कुरा अनुसन्धानबाट थाहा हुन्छ नै ।’

घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको र अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले जानकारी दिए । पौडेलमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

यसैबीच, प्रहरीले प्रयोग गर्ने सरकारी मोटरसाइकलजस्तो संवेदनशील साधन विवादित पृष्ठभूमिका व्यक्तिसम्म कसरी पुग्यो भन्ने प्रश्न उब्जिएको छ । प्रहरी प्रवक्ता खतिवडाले पनि असम्बन्धित व्यक्तिलाई मोटरसाइकल दिएको कमजोरी स्विकार्दै घटनामा संलग्न प्रहरी कर्मचारीमाथि समेत छानबिन हुने स्पष्ट पारेका छन् ।

त्यस्तै, सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले घटनाबारे आफूलाई स्पष्ट जानकारी नभएको र दोषी भेटिए कारबाही गर्ने बताए । उनले भने, ‘मलाई घटना ठ्याक्कै थाहा भएन । यदि त्यस्तो हो भने मोटरसाइकल प्रहरीबाहेक अन्य व्यक्तिसम्म कसरी पुग्यो त्यो पनि छानबिनबाट खुल्नेछ । दोषी देखिए कानुन बमोजिम कारबाही हुन्छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!