दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल
बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो ।
सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति जनाएको हो ।
मृतक ओलीका भाइ लक्ष्मणले ज्यान मुद्दामा कारागार चलान भएका मल्ललाई कैदी जस्तो व्यवहार नभएर कारागारभित्र टिकटक बनाउँदै रमाइलो गरेको भन्दै आपत्ति जनाए ।
उनले उच्च अदालत तुलसीपुर कारागारका जेलर वीर बहादुर सिजलले कारागारभित्र भेटघाट गरिएपनि भिडियो बनाउन नमिल्ने बताए । भिडियो बनाएको विषय आफूले मल्लसँग सोधपुछ गरेको सिजलले बताए ।
मल्ल उक्त कारागारको चौकीदार समेत हुन् । मल्ल २०७६ साल असार ३१ गते देखी थुनामा रहेका छन् । उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।