२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कारागारभित्र टिकटक बनाएको भिडियो बाहिरपछि पीडित पक्षले आपत्ति जनाए,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ०२, २०८२

 

दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल
बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो ।

सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको  थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति जनाएको हो ।

मृतक ओलीका भाइ लक्ष्मणले ज्यान मुद्दामा कारागार चलान भएका मल्ललाई कैदी जस्तो व्यवहार नभएर कारागारभित्र टिकटक बनाउँदै रमाइलो गरेको भन्दै आपत्ति जनाए ।

उनले उच्च अदालत तुलसीपुर कारागारका जेलर वीर बहादुर सिजलले कारागारभित्र भेटघाट गरिएपनि भिडियो बनाउन नमिल्ने बताए । भिडियो बनाएको विषय आफूले मल्लसँग सोधपुछ गरेको सिजलले बताए ।

मल्ल उक्त कारागारको चौकीदार समेत हुन् । मल्ल २०७६ साल असार ३१  गते देखी थुनामा रहेका छन् । उक्त मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]