२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके प्रहरीले एक बर्षमा ४ करोड १० लाख भन्दा धेरै राजस्व संकलन हालसम्म १४५० जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ०२, २०८२

बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ ।
जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए ।  एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी दिएका छन् ।

बाँके प्रहरीले साउन महिनामा (२ थान जिप र एक थान मोटरसाईकल) गरि ५० लाख १२ हजार २ सय ५० रुपैया, भदौँ महिनामा (१ थान कार र एक थान मोटरसाईकल) गरि १ करोड ५८ लाख ६३ हजार ४ सय ५७ रुपैयाँ, असोज महिनामा (२ थान मोटरसाईकल) गरि ३८ लाख ७८ हजार २ सय रुपैयाँ, कार्तिक महिनामा (१ थान कार) सहित २० लाख ७५ हजार ६ सय ५० रुपैयाँ, मंसिर महिनामा ९३ लाख ३ हजार ७ सय ६० रुपैयाँ, पुस महिनामा १२ लाख ९४ हजार १ सय ५८ रुपैयाँ, माघ महिनामा (१ थान मोटरसाईकल) सहित १४ लाख ४३ हजार १ सय ९६ रुपैयाँ, फागुन महिनामा (४ वटा मोटरसाईकल) सहित १४ लाख ७१ हजार ८ सय ७५ रुपैयाँ, चैत्र महिनामा (२ वटा मोटरसाईकल र १ थान भ्यान) सहित १३ लाख ५९ हजार ३ सय ५० रुपैयाँ, बैशाख महिनामा ( १ थान कार) सहित ३६ लाख ६३ हजार २ सय ५ रुपैयाँ, जेष्ठ महिनामा ( १ थान कार, ३ थान मोटरसाईकल, १ थान अटोरिक्सा र १ थान स्कुटर) सहित ५२ लाख ३७ हजार,८ सय ८२ रुपैयाँ र असार महिनामा (२ थान मोटरसाईकल र ४ थान साईकल) सहित १४ लाख ७२ हजार ९ सय ३० रुपैयाँ बराबरको राजस्व संकलन गरेको बाँके प्रहरी प्रमुख घर्तिमगरले बताए ।

एक वर्षमा बाँके प्रहरीले सबै भन्दा बढी अभद्ध व्यवहार सम्बन्धी २९२ ओटा मुद्दा दर्ता गरेको छ भने दोस्रोमा लागु औषध सम्बन्धी २१४ वटा मुद्दा दर्ता त्यस्तै तेसोमा बैकिङ्ग कसुर सम्बन्धी १६१ वटा मुद्दा दर्ता गरेको छ भने चौथोमा चोरी मुद्दामा ११ वटा मुद्दा दर्ता गरेको बाँके प्रहरी प्रमुख मगरले बताए ।

बाँके प्रहरीले एक वर्षमा १४८६ वटा कुल मुद्दा दर्ता गरेको छ, भने १४५० जना प्रतिवादीहरुलाई पक्राउ गरेको छ । भने पक्राउ पर्नेमा पुरुष १३३१ जना र महिला ११९ जना पक्राउ गरेको बाँके प्रहरी प्रमुख घर्तिमगरले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]